BIZMANDU
www.bizmandu.com

प्रभु बैंकसँग सरकारी डाक्टर्स एशोसिएशन आबद्ध, बैंकबाट सहुलियत ऋण पनि पाउने

२०७७ भदौ २५

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु बैंक र सरकारी डक्टर्स एशोसियशन (गोडान) बीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गोडानका अध्यक्ष डा. रबिन खड्काले हस्ताक्षर गरेका छन्। 

बैंकको बबरमहलस्थित केन्द्रिय कार्यालयमा भएको सम्झौता सम्बन्धी कार्यक्रममा बैंकका नायव कार्यकारी प्रमुख मनिराम पोखरेल र गोडानका वरिष्ठ उपाध्यक्ष डा. विजय थापा, उपाध्यक्ष डा. सुशील मोहन भट्टराई, महासचिव डा. कीर्तिबाल सुवेदी, निवर्तमान उपाध्यक्ष डा. नवीन पोखरेल र डा. छिरिङ लामा लगायतको उपस्थिति थियो। 

सम्झौता अनुसार प्रभु बैंक अब गोडानको आधिकारिक बैंकका रूपमा रहने छ। सरकारी डक्टर्स एशोसियसनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमा गर्नेछ। गोडानको सदस्यता प्राप्त गरेका सरकारी डाक्टरहरुले आफूलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट बिना झण्झट विभिन्न खाता खोली बैंकिङ कारोबार गर्न सक्नेछन्। 

खाता सञ्चालन गर्दा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम लगायत अत्याधुनिक प्रविधियुक्त सेवाहरु निःशुल्क उपभोग गर्ने सक्नेछन्। यसका साथै सहुलियत ब्याजदरमा घरकर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा, प्रोफेसनल कर्जा तथा दैनिक उपभोग्य वस्तु खरिद कर्जा लगायतका कर्जा सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन्। यो सम्बन्धी सेवा प्रवाह सम्बन्धमा आवश्यक जानकारी तथा सहजीकरण गर्नका लागि बैंकले प्रधान कार्यालय बबरमहलमा एक जना विभागीय प्रमुखलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको जनाएको छ।