BIZMANDU
www.bizmandu.com

मनपरी कर्मचारी नियुक्त नहुन् भनेर बन्द गरिएको ‘ट्यालेन्ट हन्ट’ राष्ट्र बैंकले फेरि खोलिदियो

२०७७ भदौ २३

मनपरी कर्मचारी नियुक्त नहुन् भनेर बन्द गरिएको ‘ट्यालेन्ट हन्ट’ राष्ट्र बैंकले फेरि खोलिदियो
मनपरी कर्मचारी नियुक्त नहुन् भनेर बन्द गरिएको ‘ट्यालेन्ट हन्ट’ राष्ट्र बैंकले फेरि खोलिदियो

काठमाडौं। अघिल्ला गभर्नरले पोहोर रोकेको 'ट्यालेन्ट हन्ट' नयाँ गभर्नरले खुलाएका छन्। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुले ट्यालेन्ट हन्टका नाममा मनपरी कर्मचारी भर्ना गरेको भन्दै राष्ट्र बैंकले पोहोरबाट यसलाई रोकेको थियो।

Tata
GBIME

यसपाली भने फेरि फुकाइदिएको छ। राष्ट्र बैंकले कार्यविधि बनाएर ट्यालेन्ट हन्ट गर्न भनेको छ।

बैंकका प्रमुख कार्यकारी वा माथिल्लो ब्यवस्थापनलाई विभिन्न कलेजहरुले गेस्ट स्पिकर भनेर बोलाउँथे। त्यहाँ पुगेका बेला उनीहरुले केही विद्यार्थीलाई प्रतिस्पर्धाबिनै सिधै बैंकमा नियुक्त दिन्थे। यसलाई रोक्न ट्यालेन्ट हन्ट बन्द गरिएको थियो।

अब भने पाइने छ। अब ट्यालेन्ट हन्ट प्रक्रियाबाट कर्मचारी भर्ना गर्नु पर्ने अवस्थामा निष्पक्षता र पारदर्शिता कायम हुने गरी अलग्गै कार्यविधि तर्जुमा गरेर मात्रै भर्ना गर्नु पर्नेछ। गभर्नरले कसैलाई नियुक्ति दिलाउनै चाहदा भने प्रक्रिया पुर्‍याएको जस्तो देखाउन यो कर्मकान्डी ब्यवस्था मात्रै हो।