BIZMANDU
www.bizmandu.com

समाज लघुवित्तको आइपीओ आज बाँडफाँट गरिँदै, ८ हजार ७० जनाले १०/१० कित्ता पाउने

२०७७ भदौ १५

समाज लघुवित्तको आइपीओ आज बाँडफाँट गरिँदै, ८ हजार ७० जनाले १०/१० कित्ता पाउने
समाज लघुवित्तको आइपीओ आज बाँडफाँट गरिँदै, ८ हजार ७० जनाले १०/१० कित्ता पाउने


Tata
GBIME
NLIC

काठमाडौं। समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ आज दिउँसो २ बजे बाँडफाँड गरिने भएको छ। संस्थाको आइपीओमा मागभन्दा १४८.८९ गुणा बढी आवेदन परेकाले बाँडफाँटलाई लगानीकर्ताले महत्वका साथ हेरेका छन्। 

लघुवित्तको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शनिबार सेयर बाँडफाँट गर्ने तयारी गरेको थियो। उक्त दिन सार्वजनिक विदा र निषेधाज्ञाले आवतजावत असहज भन्दै सोमबारका लागि सारिएको हो।

क्यापिटलका अनुसार शुक्रबार प्री-अलोटमेन्ट भइसकेकाले ८ हजार ७० जनाले १०/१० कित्ता सेयर पाउने छन्। कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ७ सय कित्ता सेयर बिक्रीमा राखेको थियो।

उक्त अवधिमा कम्पनीको आइपीओमा ५ लाख ६६ हजार ४७३ जना आवेदकबाट १ करोड २० लाख १५ हजार ८ सय २० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । लघुवित्तको आइपीओमा १४८.८९ गुणा बढी आवेदन परेको छ।

कम्पनीको आइपीओ आवेदन दिएका ५ लाख ५८ हजार ४ सय ३ जनाको हात भने खाली हुनेछ  ।