BIZMANDU
www.bizmandu.com

पीसीआर मेसिन खरिद गर्न भाटभटेनीले विराटनगर महानगरका प्रमुखलाई दियो ५ लाख

२०७७ भदौ ८

पीसीआर मेसिन खरिद गर्न भाटभटेनीले विराटनगर महानगरका प्रमुखलाई दियो ५ लाख
पीसीआर मेसिन खरिद गर्न भाटभटेनीले विराटनगर महानगरका प्रमुखलाई दियो ५ लाख

Tata
GBIME
Nepal Life

विराटनगर। भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले विराटनगरमा पीसीआर मेसिन खरिद गर्न ५ लाख रुपैयाँ प्रदान गरेका छन्।

विराटनगरमा गठन गरिएको ‘कोभिड–१९ कोष’ का संरक्षक एवम् महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई गुरूङका तर्फबाट भाटभटेनीका क्षेत्रीय व्यवस्थापक विनोद भट्टराई र विराटनगर शाखाका प्रमुख सरिता राईले ५ लाख रुपैयाँको चेक बुझाएका हुन्। 

कोरोना संक्रमितको संख्या बढेको अनुपातमा विराटनगरमा उपलब्ध पीसीआर मेशिनले छिटो रिपोर्ट दिन सकेको छैन। स्वाब पठाएको लामो समयपछि मात्रै रिपोर्ट आउँदा संक्रमणको जोखिम कम हुन सकेको छैन। यसलाई ध्यानमा राख्दै परीक्षणको दायरा बढाउन महानगरपालिका आफैंले पनि थप पीसीआर मेशिन ल्याउने तयारी गरिरहेको छ। यसका लागि महानगरपालिकाले बिभिन्न क्षेत्रबाट सहयोग रकम प्राप्त गरिरहेको छ। 

भाटभटेनीको सहयोग रकमको चेक प्रमुख पराजुलीलाई आइतबार चेक बुझाइएको शाखा प्रमुख राईले बताइन।

यसअघि भाटभटेनीले विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई कोभिड नियन्त्रणका लागि २५ लाख रुपैयाँ सहयोग गरेको थियो ।