BIZMANDU
www.bizmandu.com

औजारले थाल्यो घर तथा कार्यालयको मर्मत सेवा, एक वर्षभित्र देशका अन्य सहरमा विस्तार गरिने

२०७७ भदौ ७

औजारले थाल्यो घर तथा कार्यालयको मर्मत सेवा, एक वर्षभित्र देशका अन्य सहरमा विस्तार गरिने
औजारले थाल्यो घर तथा कार्यालयको मर्मत सेवा, एक वर्षभित्र देशका अन्य सहरमा विस्तार गरिने

Tata
GBIME

काठमाडौं। घर तथा कार्यालयमा विद्युतीय, धारा तथा अन्य प्लम्बिङ् सम्बन्धी, फर्निचर मर्मत, रंगरोगनका कार्य, इन्टेरियर डिजाइन सम्बन्धी मर्मतका सेवा दिने उद्देश्यले ‌औजार नामक कम्पनीले आजदेखि सेवा सुरु गरेको छ। कम्पनीले यी सँगै मोडुलर किचन, एसी, फ्रिज मर्मत साथै ग्लास तथा आल्मुनियम पार्टेसन, घर तथा अफिसको सरसफाईको सेवा दिने जनाएको छ।

'व्यस्त दैनिकीमा घर तथा कार्यालयमा कुनै समस्या आइपरे मर्मतसम्भारको लागि आफैं खटिन सक्ने अवस्था हुन सक्छ। अनुभवी र विश्वासिला प्राविधिकहरुको सहयोगले घर तथा कार्यालयमा आइपर्ने समस्याको समाधान गर्ने गरी औजार स्थापना गरिएको हो,' कम्पनीका संस्थापक तथा प्रबन्ध संचालक उत्सव भट्टराईले बताए। ‌

औजारले आफ्नो सेवालाई सुरुमा काठमाडौं उपत्यकामा विस्तार गर्ने बताइएको छ। साथै, एक वर्षभित्र पोखरा, बुटवल, नारायणघाट र हेटौंडामा शाखा विस्तार गर्ने संचालक भट्टराईले जानकारी दिए।

औजारको सेवा लिँदा कुनै पनि ग्राहकले सुरुआती भिजिट तथा इस्टिमेटको शुल्क नलिने कम्पनीले जनाएको छ। भिजिटपछि समस्याको पहिचान गरी स्टिमेट तयार गरी मर्मतको काम सुरु गरेपछि मात्रै शुल्क लिनेछ।

मर्मतका लागि आवश्यक सामान ग्राहकले आफैं पनि खरिद गर्न सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ। ग्राहकले सम्पर्क गरेको एक घण्टाभित्र सेवा दिइने भए पनि कोरोना जोखिमका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएकाले हालको अवस्थामा भने सेवा दिन केही असहज हुने कम्पनीले जनाएको छ।