.jpg)
काठमाडौं। सुनको भाउ सामान्य घटेको छ। आइतबार सुन तोलामा ४ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार हुँदै आएको थियो। गत मंगलबार २ हजार २ सय रुपैयाँले बढेर तोलाको एक लाख ४ सय रुपैयाँ पुगेको सुन बिहीबारदेखि क्रमिक रूपमा घट्न थालेको छ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ४५ रुपैयाँ भएको छ। शुक्रबार चाँदी तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य केही दिन यता उतारचढाव देखिन थालेको छ। आज सुन प्रतिऔंस १९४०.८९ डलरमा कारोबार भएको छ।चाँदी २६.७७ डलर रहेको छ।