BIZMANDU
www.bizmandu.com

अनियमितता छानबिन थालिएपछि क्यानडाका अर्थमन्त्री मोर्नोद्वारा राजीनामा, सांसद पद पनि त्यागे

२०७७ भदौ २

अनियमितता छानबिन थालिएपछि क्यानडाका अर्थमन्त्री मोर्नोद्वारा राजीनामा, सांसद पद पनि त्यागे
अनियमितता छानबिन थालिएपछि क्यानडाका अर्थमन्त्री मोर्नोद्वारा राजीनामा, सांसद पद पनि त्यागे

   

Tata
GBIME
Nepal Life

टोरन्टो। सरकारी कार्यक्रम आफूनिकट गैरसरकारी संस्थालाई दिलाउन भूमिका खेलेको आरोप लागेका क्यानडाका अर्थमन्त्री बिल मोर्नोले पदबाट राजीनामा दिएका छन्। आरोपमाथि छानबिन सुरू भएपछि उनले राजीनामा दिएका हुन्।     
     
प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था सिर्जना भएपछि मोर्नोले मन्त्रीसहित सांसद पदबाट पनि राजीनामा दिएको बताएको समाचारमा जनाइएको छ।     
     
अहिले मन्त्री मोर्नीका परिवारका सदस्यहरुसँग डब्लुई च्यारिटी नामको संस्थाको सम्बन्धमा अनुसन्धान सुरु भएको छ। प्रारम्भिक विवरणमा च्यारिटीसँग सम्बन्ध रहेका प्रमाणहरु सार्वजनिक भएका छन्।     
     
सरकारी अनुदानप्राप्त विद्यार्थी स्वयंसेवी कार्यक्रमका लागि डब्लुई च्यारिटीलाई ६७ करोड अमेरिकी डलरको एउटा कार्यक्रम संचालनको जिम्मेवारी दिइएको थियो।     
     
मन्त्री मोर्नीले आफूले विभिन्न भ्रमणका क्रममा डब्लुई च्यारिटीबाट यातायात खर्च बुझेको स्वीकार गरेका छन्।