BIZMANDU
www.bizmandu.com

‘एनआईबीएल समृद्धि फण्ड १’ ले प्रतिफलको लागि तोक्यो बुक क्लोज, १२% लाभा‌ंश दिने

२०७७ साउन २९

Tata
GBIME
Nepal Life

काठमाडौं । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत संचालित 'एनआईबीएल समृद्धि फण्ड-१' ले प्रतिफल वितरणका लागि बुक क्लोजको मिति तोकेको छ।

यस सामूहिक लगानी कोष योजनाले भदौ ५ मा एकाइ धनी दर्ताको बुक क्लोज गर्न लागेको हो। यसका आधारमा भदौ ४ सम्म योजनाको सेयर कायम भएका एकाइधनीहरुले योजनाले घोषणा गरेको प्रतिफल पाउन सक्नेछन्।

योजनाले करसहित १२ प्रतिशत हुनेगरी कुल १२ करोड नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। अघिल्लो वर्ष यस योजनाले लगानीकर्तालाई ६.५ प्रतिशत प्रतिफल दिएको थियो। यसअनुसार यो वर्ष झन्डै दोब्बर लाभांश यस योजनाका एकाइधनीहरुले पाउने भएका हुन्।