BIZMANDU
www.bizmandu.com

कोरोना संक्रमण बढेसँगै विद्युत प्राधिकरणमा अत्यावश्यक काम आलोपालोमा, अरु कर्मचारीलाई बिदा

२०७७ साउन २८

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना संक्रमण बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरणका अत्यावश्यक काममा आलोपालो लागु गरिएको छ।

प्राधिकरणको मुख्यालय रत्नपार्कमा अत्यावश्क काममा लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने र उनीहरुलाई १५/१५ दिनको अन्तरालमा आलोपालो काममा लगाउने व्यवस्था गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन्।

मुख्य कार्यालयबाहेक अन्य कार्यालयको हकमा सम्बन्धित विभागीय प्रमुख वा कार्यालय प्रमुखले आवश्यक्ताअनुसार कर्मचारी जगेडामा रहने गरी कार्यालय सञ्चालन गर्न पनि निर्देशन दिइएको छ।

यसरी अत्यावश्यक सेवाका कर्मचारीलाई काममा लगाउँदा कार्यालय आउन नपर्ने कर्मचारीहरुको हकमा भने उक्त अवधिको हाजिरीमा टिए/डिए नपाउने व्यवस्थासहित काज जनाएर हाजिरी व्वस्थापन गर्न पनि सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिइएको छ।

कार्यालय प्रमुख, प्रशासन प्रमुख र लेखा प्रमुखहरुलाई आफ्नो कार्यक्षेत्र नछाड्न पनि प्राधिकरणले निर्देशन दिएको छ। कार्यक्षेत्रभन्दा बाहिर भएका कर्मचारीले जुनसुकै क्षेत्रमा भएपनि तत्काल आफ्नो कार्यक्षेत्रमा फर्कन पनि निर्देशन दिइएको छ।

कुनै पनि कार्यालय प्रमुख, प्रशासन प्रमुख र लेखा प्रमुखले कुनै कारणले कार्यक्षेत्र छोड्नुपर्ने भएमा विभागीय प्रमुख मार्फत सम्बन्धित उपकार्यकारी निर्देशकको स्विकृती लिनुपर्ने पनि निर्देशनमा उल्लेख छ।