BIZMANDU
www.bizmandu.com

असन बजार खुल्लै छ, वडाको अनुरोध, ‘३२ गतेसम्म बन्द गरौं’, हेर्नुस् तस्बिरमा असन बजार

२०७७ साउन २८

Tata
GBIME
Nepal Life

काठमाडौं। राजधानीको व्यस्त व्यापारिक क्षेत्र असनमा कोभिड-१९ संक्रमित भेटिएको भन्दै पसल बन्द गर्न वडा कार्यालयले अनुरोध गर्‍यो।

 

अनुरोधसहितको ब्यानर असनका विभिन्न ठाउँमा टाँगिएका छन्। तर व्यापारीले उक्त अनुरोध अटेर गर्दै पसल खोलेका छन्। सर्वसाधारणको आवागमन सधैं झै यथावत छ। पसलेहरू मास्क लगाएर ग्राहक कुरेर बसेका छन्।

वडा कार्यालयले साउन २४ बाट ३२ गतेसम्म पसल नखोल्न अनुरोध गरे पनि बुधबार असनमा पसलहरू खुलै देखिए। असनका दृश्यहरू आज यस्तो देखिएको छ।