BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सुरु, घोराही मालपोत परिसरमा संचालन

२०७७ साउन २५

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

बैंकको नयाँ एक्सटेन्सन काउन्टरको मालपोत कार्यालय घोराहीका प्रमुख बिनोद कुमार पौडेलले उद्घाटन गरे।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकको आवश्यकतालाई पूरा गर्न घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित भूमिसूधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको जनाएको छ।

बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकलाई यस काउन्टरबाट सेवा दिएर सहज बनाउने बिज्ञप्तीमा उल्लेख छ।