BIZMANDU
www.bizmandu.com

पहिरोले कारण रसुवागढी नाकामा रोकियो स्वास्थ्य सामाग्री, विकल्पमा खुल्यो धुन्चे सडक


Tata
GBIME
Nepal Life

काठमाडौं । करिव सात महिनापछि रसुवागढी नाकाबाट पहिलोपटक स्वास्थ्य सामाग्री आयात  भएको छ । लक डाउनपछि रसुवा नाका  हुँदै स्वास्थ्य सामाग्री आयात भएको यो पहिलोपटक हो ।

एक महिनायता तातोपानी नाका पहिरोले बन्द भएपछि चिनियाँ सामान रसुवागढी हुँदै उपत्यका भित्रिन थालेका थिए । सरकारले लक डाउनको अवधिभर तातोपानी नाकाबाटमात्र स्वास्थ सामाग्री आयात गर्ने व्यवस्था गरेको थियो ।

उपत्यका भित्रिने सडक ५ दिनदेखि पहिरोले अवरुद्ध भएपछि आयात भएका स्वास्थ्य सामाग्री तथा अन्य सामानहरु भन्सारमा राखिएको रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख पुण्य विक्रम खड्काले बताए।

प्रदेश २ र गण्डकी प्रदेशको लागि ४ कन्टेनर स्वास्थ सामाग्री भन्सारबाट उपत्यकता पठाउन नसकिएको उनले जानकारी दिए।  भन्सारमा दैनिक ८ देखी १० गाडी सामाग्री भित्रिने गरेको छ । केहीदिन यता भन्सारमा स्याउ र स्वास्थ्य सामाग्रीमात्र भन्सारमा आयात भइरहेको पाइएको छ ।

नयाँ अर्डरका सामान आयात गर्न नसकिने भएपनि भन्सारले स्वास्थ सामाग्रीलाई प्राथमिकता दिइएको छ ।
लक डाउनको अवधिमा महामारी फैलिरहेको हुदा चिनबाट स्वास्थ सामाग्री आयात हुन थालेको छ ।गत महिना तातोपानी नाका बन्द केही कन्टेनरका स्वास्थ हेलिकप्टर मार्फत उपत्यका ल्याइएको  थियो ।

स्वास्थ सामाग्री वाहेक फलफूलका कन्टेनर समेत भन्सारमा रोकिएको जानकारी दिए ।तातो पानी भन्सार बन्द भएपछी केरुङनाकामा डार्इभट गरेर स्याउ आयात हुदै आएको थियो । 

करिब २ सय  स्याउ बोकेका कन्टेनर मध्ये केही कन्टेनर मात्र भन्सारमा आयात हुन वाँकी रहेको उनले बताए। कतिपय कन्टेनरका स्याउ कुहिएर केरुङमै फाल्नुपरेको खड्काको भनाई छ। 

कुलेश्वर फलफूल बजारमा आइपुगेको करिब ६० कन्टेनर स्याउमध्ये आधाजति बिग्रिएको बजारका अध्यक्ष अमर वानियाँले बताए । 

रसुवागढी नाका जोड्ने अर्को सडक धुन्चे भने एक सातापछि संचालनमा आएको छ । भार्खु डाँडा कटान गरेको सडकमा नयाँ ट्रयाक खोलेर संचालनमा  ल्याइएको  डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।