BIZMANDU
www.bizmandu.com

अब बैंक वित्तीय संस्थाले कर्मचारीलाई आलोपालो काममा लगाउनु पर्ने, ‘वर्क फ्रम होम’ गर्न सकिने

२०७७ साउन २५

अब बैंक वित्तीय संस्थाले कर्मचारीलाई आलोपालो काममा लगाउनु पर्ने, ‘वर्क फ्रम होम’ गर्न सकिने
अब बैंक वित्तीय संस्थाले कर्मचारीलाई आलोपालो काममा लगाउनु पर्ने, ‘वर्क फ्रम होम’ गर्न सकिने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबै कर्मचारीलाई एकै पटक काममा नलगाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै आवश्यक्ता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने ब्यवस्था मिलाउन भनेको हो।

विभिन्न स्थानमा बन्दाबन्दी कायमै रहेको र कतिपय ठाउँमा निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवगमनमा जोर बिजोर प्रणाली लगायत भएकाले 'वर्क फ्रम होम' ब्यवस्था मिलाइ काम गराउन पनि राष्ट्र बैंकले भनेको छ।

प्रदेशस्थित शाखा कार्यालयहरुको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासन मार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सुचारु गर्न पनि राष्ट्र बैंकले भनेको छ। 

साथै वैकल्पिक रुपमा संचालन गर्न सकिने शाखाहरु त्यही अनुसार सूचना जारी गरि वैकल्पिक रुपमा आलोपालो संचालन गर्ने व्यवस्था मिलाउन पनि भनेको छ। 

राष्ट्र बैंकले सेवा सुचारु नगरिएका शाखाहरुको विवरण दैनिक रुपमा राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने छ।