BIZMANDU
www.bizmandu.com

अड लट सेयर कारोबार गरेपछि ब्रोकर नम्बर ४४ लाई कारवाही, सेयर बेच्नेलाई पनि २०% जरिवाना

२०७७ साउन २५


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले ब्रोकर नम्बर ४४ डाइनामिक मनी म्यानेजर्स सेक्युरिटीजलाई कारवाही गरेको छ।  नेप्सेले अड लट सेयर बिक्री गरेको भन्दै  यसलाई कारवाही गरेको हो। 

Tata
GBIME

उक्त ब्रोकरले आइतबार दिनभर कारोबार गर्न पाउने छैन।  धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को नियमअनुसार न्यूनतम खरिद बिक्री एकाइभन्दा कम परिमाणको सेयरको 'अड लट' कारोबार हुन्छ। तर न्यूनतम कारोबार एकाइ वा सोभन्दा बढी धितोपत्र उसका धितोपत्र धनीले त्यस्तो 'अड लट' बनाइ बिक्री गर्न नपाइने उक्त नियमावलीमा छ।

सोही व्यवस्था अनुसार ४४ नम्बर ब्रोकरबाट सेयर टुक्र्याइ कारोबार गरेको देखिएपछि एक दिनलाई कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ। 

कुनै सेयरधनीहरुसँग २० कित्ता सेयर छ भने उसले त्यसबाट १० कित्ताभन्दा कम बिक्री गर्न पाउँदैन। यदी सेयरधनीसँग १० कित्ताभन्दा कम सेयर छ भने मात्र अड लट कारोबार गर्न पाउँछ। तर, १० कित्ताभन्दा माथि रहेको सेयर टुक्र्याएर १० कित्ताभन्दा तल बनाइ बिक्री गर्न नपाइने नियम रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए। यस्तो अवस्थामा सेयर बिक्री गर्ने लगानीकर्ताले २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ भने खरिद गर्नेले उक्त जरिवाना पाउँछ। 

नेप्सेले डाइनामिक मनी म्यानेजर्सलाई अब आइन्दा त्यस्तो कार्य नगर्न भनि सचेत गराएको छ।