BIZMANDU
www.bizmandu.com

संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर लागू हुने

२०७७ साउन २१

Tata
GBIME
Nepal Life

काठमाडौ। लकडाउन अन्त्यपछि कोरोना जोखिम बढेसँगै काठमाडौँ उपत्यकामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर लागू हुने भएको छ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने जनाएको छ।यस्तै, ढुवानी बाहेकका अन्य यात्रुबाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णयलाई यथावत राखिएको छ।

होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी वा अन्य सामूहिक भेलालाई समेत रोक लगाइएको छ। दुई सय  भन्दा बढी संक्रमित भएका जिल्लामा समेत अत्यावश्यक वाहेक सवारी साधनमा जोरविजोरनै लगाउन गृहले निर्देशन दिएको छ।