BIZMANDU
www.bizmandu.com

संक्रमित बढेपछि कोरोना बीमामा सर्तैसर्त राखियो, कोरोना बीमालाई निरुत्साहित गर्ने मापदण्ड

२०७७ साउन २१

संक्रमित बढेपछि कोरोना बीमामा सर्तैसर्त राखियो, कोरोना बीमालाई निरुत्साहित गर्ने मापदण्ड
संक्रमित बढेपछि कोरोना बीमामा सर्तैसर्त राखियो, कोरोना बीमालाई निरुत्साहित गर्ने मापदण्ड

Tata
GBIME
Nepal Life

काठमाडौं। बीमा समितिले कोरोना बीमाको मापदण्ड तयार पार्दै भुक्तानीका लागि सर्तहरु तोकेको छ। यसअघि कोरोना लागेको पुष्टि हुने वित्तिकै बिमाङ्क रकम पाइन्थ्यो।

कोरोना संक्रमितहरु निरन्तर बढ्न थालेपछि बीमा समितिले मापदण्ड बनाएर भुक्तानीमा कडाइ गरेको हो। २० वटा बीमा कम्पनीले कोरोनाको बीमालेख बिक्री गर्दै आएका छन्।

बीमा गर्ने रकमलाई यथावत राख्दै सर्तहरु थपिएको हो। एक्लैको एक लाखको बीमा गर्न एक हजार र समूहको ६ सय रुपैयाँ लाग्छ। ५० हजारको एक्लैको गर्दा ५०० र समूहको गर्दा ३०० रुपैयाँ लाग्छ।

बीमा लेख नेपाली नागरिकले मात्र किन्न पाउँछ। कुनै नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रुपमा क्वारेन्टीनमा र बाँकी १५ दिन आफनो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने भएको छ। 

सामुहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको स्वघोषणा सहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने छ। एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात दिनु पर्छ। समितिले कोरोना बीमालाई निरुत्साहित गर्न सर्तहरु थोपरेको छ।

कोरोना बीमालेख खरिद गरेको १५ दिनपछि र पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिने छ। यसका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको ७ दिन भित्र बीमितलाई दाबी भुक्तानी गर्नु पर्नेछ। यसअघि दुई दिनभित्र दिनु पर्ने ब्यवस्था थियो। 

यदि दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नु पर्नेछ। सरकारी कर्मचारीहरुको सामूहिक कोरोना बीमा गर्दा सरकारले शत प्रतिशत अनुदान उपलब्ध गराउने छ । सरकारको चालु आर्थिक बर्षको बजेट बक्तव्य अनुसार आम नागरिकले गर्ने सामूहिक कोरोना बीमामा मात्र ५० प्रतिशत अनुदान उपलब्ध गरइने छ। 

DV.load(“https://www.documentcloud.org/documents/7014326-क-र-न-ब-म-क-म-पदण-ड-२०७७.js”, {
responsive: true,
height: 800,
container: “#DV-viewer-7014326-क-र-न-ब-म-क-म-पदण-ड-२०७७”
});

कोरोना बीमाको मापदण्ड, २०७७ (PDF)

कोरोना बीमाको मापदण्ड, २०७७ (Text)