BIZMANDU
www.bizmandu.com

भदौ १ देखि उडान सञ्चालन गर्न विराटनगर विमानस्थलको तयारी पूरा, दैनिक ७ उडान गरिने

२०७७ साउन २०

भदौ १ देखि उडान सञ्चालन गर्न विराटनगर विमानस्थलको तयारी पूरा, दैनिक ७ उडान गरिने
भदौ १ देखि उडान सञ्चालन गर्न विराटनगर विमानस्थलको तयारी पूरा, दैनिक ७ उडान गरिने

Tata
GBIME
Nepal Life

विराटनगर। आगामी भदौ १ गतेदेखि विराटनगर विमानस्थल सञ्चालन सञ्चालन गर्न सबै तयारी पूरा गरिएको छ।

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले यात्रु प्रस्थान, आगमन, कर्मचारी व्यवस्थापन, सुरक्षाकर्मी सबैका लागि तयारी पूरा भएको जनाएको हो।कार्यालयका प्रमुख टेकनाथ सिटौलाका अनुसार कथं कदाचित् अर्को निर्णय भएन भने आगामी भदौ १ गतेदेखि आन्तरिक हवाइ सेवा सुरु गरिनेछ। यसका लागि विराटनगर विमानस्थलको निर्मलीकरणदेखि भौतिक दूरी कायम गर्ने सम्मका कामहरू व्यवस्थापन गरिएका छन्।

विराटनगरमा भदौ १ देखि बुद्ध एयरले २, यतिले २, श्रीले २ र सौर्य एयरलाइन्सले १ गरी दैनिक ७ वडा उडान गर्ने सिटौलाले जानकारी दिए ।
लकडाउनअघि यस विमानस्थलबाट बुद्धका ६, यतिका ५, श्रीका ३, सौर्यका २ र नेपाल वायु सेवा निगमको १ गरी दैनिक १७ उडान भइरहेका थिए।
यस विमानस्थलबाट २०१८ मा ९ हजार ७ सय ९४ वटा उडान भएकोमा २०१९ मा ११ हजार ६ सय २६ वटा उडान भएको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ।

विमानस्थलबाट २०१८ मा २ लाख ६९ हजार ६ सय २७ र २०१९ मा ३ लाख २८ हजार २ सय ७७ यात्रुले आगमन गरेको पाइएको छ। त्यस्तै २०१८ मा २ लाख ६८ हजार १ सय ५३ र २०१९ मा ३ लाख २३ हजार ९ सय ४८ जनाले प्रस्थान गरेको कार्यालयले जनाएको छ। लकडाउनका अवधिमा विमानस्थलबाट हेलिकप्टरका ३९ उडान गरिएका छन्। जसमध्ये २४ वटा नेपाली सेनाका उडान हुन्। उक्त ३९ उडानबाट  २२ जना आएको र ४९ जना गएको प्रमुख सिटौलाले बताए।