BIZMANDU
www.bizmandu.com

झरीको मौसममा सामसङले ल्यायो रेनिङ क्यास अफर, एस २० प्लस किन्दा २२ हजार रुपैयाँ छुट

२०७७ साउन २०

Tata
GBIME
Nepal Life

काठमाडौै।  सामसङ मोबाइलले रेनिङ क्यास योजना अन्तर्गत आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ।

सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस २० र ग्यालेक्सी एस २० प्लस किन्दा तत्काल नगद फिर्ता योजना ल्याएको हो। यस अनुसार ग्यालेक्सी एस २० प्लस खरिद गर्दा तत्काल २२ हजार रुपैयाँ तथा ग्यालेक्सी एस २० किन्दा तत्काल १९ हजार रुपैयाँ क्यास ब्याक दिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अफर पछि ग्यालेक्सी एस २० प्लस किन्दा एक लाख ४ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्छ भने ग्यालेक्सी एस २० को ९४ हजार ९ सय ९९ रुपैयाँ पर्छ।

यसअघि ग्यालेक्सी एस २० प्लसको १ लाख २६ हजार ९ सय ९९ रुपैयाँ तथा ग्यालेक्सी एस २०को खरिद मूल्य १ लाख १३ हजार ९ सय ९९ रुपैयाँ थियो।

यो योजना अगस्ट १ देखि सीमित अवधिसम्म रहने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

यी दुवै फोनमा ६४ मेगापिक्सलको क्यामेरा तथा फोटो खिच्नका लागि उच्चस्तरीय सेन्सर रहेको बताइएको छ। दुबै सेटमा ३० एक्स सम्मको जुम रहेको छ।

कम्पनीका अनुसार ग्यालेक्सी एस २० विश्वकै पहिलो स्मार्ट फोन हो जसबाट ८ के भिडियो रेकर्डिङ गर्न सकिन्छ।

एस २० कस्मिक ग्रे र क्लाउड ब्लु रंगमा उपलब्ध छ भने  एस २० प्लस कस्मिक ब्ल्याक, कस्मिक ग्रे तथा क्लाउड ब्लु रंगमा उपलब्ध गरहेको कम्पनीले जानकारी दिएको छ।