BIZMANDU
www.bizmandu.com

उपत्यकाका साना डेरीले उपभोक्तालाई कम दूध बिक्री गरेको भेटियो, अनुगमनलाई तीव्र बनाउँदै सरकार

२०७७ साउन १९

उपत्यकाका साना डेरीले उपभोक्तालाई कम दूध बिक्री गरेको भेटियो, अनुगमनलाई तीव्र बनाउँदै सरकार
उपत्यकाका साना डेरीले उपभोक्तालाई कम दूध बिक्री गरेको भेटियो, अनुगमनलाई तीव्र बनाउँदै सरकार

Tata
GBIME
Nepal Life

काठमाडौं। उपत्यकाका साना डेरीले उपभोक्तालाई तौलमा ठगी गरेको पाइएको छ।

गुणस्तर तथा नापतौल विभागले ललितपुरका साना डेरीमा गरेको अनुमगनमा उपभोक्तालाई दूध बेच्दा लिटरमा ५० एमएलसम्म कम दिएको भेटिएको हो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्लास्टिकको पाउचमा दूध भरेर दिँदा कम दिएको भेटिएपछि कारवाही गरिएको बताए।

‘हामीले ललितपुरका साना डेरीमा गरेको अनुगमनमा उपभोक्तालाई कम दूध दिएको भेटिएको थियो। त्यसपछि हामीले अनुगमनलाई तीव्रता दिएका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘हामीले त्यसलाई तत्कालै कारवाही समेत गरेका छौं।’

उनका अनुसार साना डेरीको दूध राम्रो हुने भन्दै किन्ने उपभोक्ता तौलमा ठगिएका छन्। उपत्यकामा सयौंको संख्यामा साना डेरी छन्। ती डेरीले उपभोक्तालाई प्लास्टिकमा दूध बिक्री गर्छन्। यी दूधहरु पास्चराइजेसन गरिएको हुँदैन। किसानसँग सोझै किनेर ल्याएर ती डेरीले दूध बिक्री गर्छन्।