BIZMANDU
www.bizmandu.com

चौतर्फी विरोधपछि सरकारले आरडीटी परीक्षण हटायो, प्रदेश र स्थानीय सरकारलाई रोक्न निर्देशन

२०७७ साउन १८

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना जाँचका लागि सरकारले गर्दै आएको आरडीटी विधिको परीक्षण रद्द गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साउन १४ गतेको निर्णयअनुसार आरडीटी रद्द गरिएको बताएका छन्।

उनले प्रदेश र स्थानीय सरकारलाई आरडीटी नगर्न निर्देशनसमेत दिए।

'साउन १४ गतेको निर्णयअनुसार कोभिड-१९ निदानका लागि आरडीटी प्रयोग नगर्नका लागि सम्पूर्ण प्रदेश, स्थानीय तह तथा अस्पताललाई जानकारी गराइन्छ,' नियमित प्रेस ब्रिफिङमा गौतमले भने।

सरकारले नेपालमा कोरोना संक्रमण भित्रिएपछि आरडीटी परीक्षण थालेको थियो। उक्त परीक्षणका नतिजा विश्वसनीय नभएको तथ्य बाहिरिएका थिए। आरडीटी देखाएका नतिजाका तुलनामा पीसीआर विश्वसनीय देखिएको छ। भरपर्दो नमानिएको परीक्षणलाई निरन्तरता दिँदा चौतर्फी विरोध हुँदै आएकाले सरकार आरडीटी परीक्षण हटाउन बाध्य भएको हो।