BIZMANDU
www.bizmandu.com

लकडाउनको बहानामा सुविधा कटौती गरि जागिरबाट निकालेको भन्दै मजदुरहरु आन्दोलित

२०७७ साउन १८

लकडाउनको बहानामा सुविधा कटौती गरि जागिरबाट निकालेको भन्दै मजदुरहरु आन्दोलित
लकडाउनको बहानामा सुविधा कटौती गरि जागिरबाट निकालेको भन्दै मजदुरहरु आन्दोलित


Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउनको बहानामा सेवासुविधा कटौती गरेर जागिरबाट निकालेको भन्दै मजदुरहरु आन्दोलित भएका छन्।

६ वटा ट्रेड युनियन महासंघको संयुक्त आयोजनामा विभिन्न क्षेत्रका मजदुरहरुले माइतीघर मण्डलामा मजदुरहरुले प्रदर्शन गरेका हुन्। मजदुरहरुले मजदुरविरोधी सम्झौता र कानुन खारेज गर्नुपर्ने, रोजगारी पाउनुपर्नेलगायत माग राखेका छन्।

समाजवादी पार्टीनिकट नेपाल समाजवादी ट्रेड युनियन महासंघ, नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, माओवादी केन्द्रनिकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा (माले)निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ, नेकपा (संयुक्त)निकट नेपाल ट्रेड युनियन फेडेरेशन र स्वतन्त्र ट्रेड युनियन महासंघले संयुक्त रुपमा माइतीघरदेखि बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गरे।

सहभागीले प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए। कोण सभालाई ६ वटै ट्रेड युनियन महासंघका पदाधिकारीले सम्बोधन गरे। समाजवादी ट्रेड युनियनका महासंघका अध्यक्ष लालध्वज नेम्वाङले वर्तमान सरकार श्रमिक विरोधी भएको आरोप लगाए। लकडाउनको बेला विभिन्न बहानामा मजदुरहरुलाई जागिरबाट निकाल्ने, सेवा सुविधा कटौती गर्ने र हतारहतारमा स्वार्थसहित मजदुरविरोधी सम्झौता गर्ने काम गलत भएको उनको भनाई थियो।

श्रमिकहरूलाइ लकडाउनको बेला राहत दिनुपर्ने सरकारले उल्टै आहत गरेको बताउँदै नेम्वाङले कोरोना महामारीको निहुँमा सरकारका जिम्मेवार व्यक्तिहरू कसले धेरै कमिसन कुम्ल्याउने भन्ने प्रतिस्पर्धामा लागेको आरोप लगाए।

ट्रेड युनियनका नेताहरूले कोरोनाको त्रासदी र लकडाउनले नेपाली श्रमिक वर्गको जीवन धेरै ठूलो संकटबाट गुज्रिरहेको र यस्तो अवस्थामा उनीहरूको तलब सुविधा कटौती, श्रमिकहरूलाई रोजगारी निष्कासन, श्रमिकहरू आत्महत्या र मृत्युको स्थिति आउँदासम्म राज्य र सरोकारवाला निकाय समाधानको सट्टा उल्टै धम्की दमन तथा कारवाही गर्ने नीति लिएको भन्दै कडा विरोध गरेका थिए।