BIZMANDU
www.bizmandu.com

सुन तोलाको लाख पुग्न ४ सय रुपैयाँ कम, ९९ हजार ६ सयमा कारोबार हुँदै, चाँदी ३० रुपैयाँ बढ्यो

२०७७ साउन १८

Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। आइतबार तोलामा ३ सय रुपैयाँले बढेर सुन तोलाको ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

गत सातादेखि सुनको मूल्य क्रमिक रूपमा बढेर ९५ हजार ८ सयबाट ९९ हजार ६ सय रुपैयाँमा पुगेको हो । सुनको मूल्य एक सातामा ३ हजार ८ सय रुपैयाँले बढेको छ ।

चाँदीको मूल्यमा भने केही दिन यता सामान्य उतारचढाव भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।

तोलाको १२ सय ५५ रुपैयाँ पुगेको चाँदी घटेर शुक्रबार तोलाको १२ सय रुपैयाँमा कारोबार हुँदै आएको थियो ।