कोरोना महामारीका कारण भएको लकडाउनले विश्वभरकै अटो सेक्टर प्रभावित भएको छ। भारतमा पनि अटो सेक्टरले अर्बौ नोक्सानी झेलिरहेको छ। तर लकडाउनकै बीच पनि सरकारले बिभिन्न राहत स्किम तथा कम्पनीले उपभोक्ता आकर्षित गर्न दिएका छुटहरुका कारण भारतमा आर्थिक गतिबिधिमा तीब्रता आइरहेको छ।
जुलाई महिनामा भारतको अटो सेक्टरमा देखिएको बिक्रीले अटो सेक्टरकालागि सकारात्मक वातावरण सिर्जना गरेको छ।
भारतीय अटो उद्योगमा जुलाई महिनामा कुल १ लाख ९७ हजार ५ सय २३ प्यासेन्जर भेहिकल बिक्री भयो। यो गत वर्षको तथ्यांकसँग तुलना गर्दा कम हो तर जुनको तुलनामा हेर्ने हो भने सवारी बिक्रीमा एक महिनामै धेरै नै उछाल आएको देखिन्छ।
जुलाई सन् २०१९ मा भारतमा कुल २ लाखभन्दा बढी सवारी बक्री भएको थियो। तर जुन २०२० मा प्यासेन्जर भेहिकल जम्मा १ लाख ५ हजार ६ सय १७ वटा बिक्री भयो।
भारतको सबैभन्दा ठूलो कार कम्पनी मारुती सुजुकी इन्डियको मात्रै बिक्री जुलाईमा १.३ प्रतिशतले बढेको छ। मासिक बिक्रीलाई हेर्दा यो ९० प्रतिशत भन्दा बढीको बृद्धि हो।
जुलाइमा कम्पनीले ९७ हजार ७ सय ६८ वटा सवारी बेचेको थियो। जुनमा भने कम्पनीले ५१ हजार २ सय ७४ वा सवारी बेचेको थियो।
गत वर्ष भने जुलाईमा कम्पनीले ९६ हजार ४ सय ७८ सवारी बेचेको थियो। कम्पनीको कुल बिक्रीमा जुलाईमा १.१ प्रतिशतले घटेर १ लाख ८ हजार ६४ वटा भयो। गत वर्ष समान महिनामा कम्पनीले १ लाख ९ हजार २६४ वटा सवारी बेचेको थियो।
जुलाईमा कम्पनीको सानो कारहरु अल्टो, बेगन आर को बिक्रीमा ४९.१ प्रतिशतले बृद्धि भएको छ। यस्तै कम्प्याक्ट कारहरु स्विफ्, सेलेरियो , इग्निस बलेनो र डिजायरको बिक्री भने १०.४ प्रतिशतले घटेको छ।
मध्यम आकारको सेडान सियाजको बिक्री घटेर २ हजार ३९७ इकाइबाट १ हजार ३०३ वटा मा पुगको छ।
जुलाईमा कम्पनीको निर्यात २७ प्रतिशतले घटेको छ। जुलाईमा ६ हजार ७५७ वटा सवारी निर्यात भयो। गत वर्ष समान महिनामा कम्पनीले ९ हजरा २ सय ५८ वटा सवारी निर्यात गरेको तथ्यांक छ।
यस्तै बेलायती कार कम्पनी एमजी मोटरको खुद्रा बिक्री पनि हाल ४० प्रतिशतले बढेको छ।
गत वर्ष समान महिनामा कम्पनीले १ हजार ५०८ सवारी बेचेकोमा जुन २०२० मा कम्पनीले २ हजार १२ वटा कार बेच्यो।
भारतमा मारुतीको प्रतिस्पर्धी तथा दोस्रो ठूलो कार कम्पनी हुण्डाई मोटर इन्डियाको प्यासेन्जर कारको बिक्री जुलाईमा ३८ हजार २०० वटा भयो।
गत वर्ष जुलाईमा यो ३९ हजार १० वटा थियो। यस अवसधिमा गाडीको बिक्रीमा २ प्रतिशलते कमी आएको देखिन्छ।
कुल बिक्री भने गत वर्षको भन्दा २८ प्रतिशतले घटेको छ।
तर जुन र जुलाईको तुलना गर्दा कम्पनीले जुनमा भन्दा ७९ प्रतिशत बढी बिक्री गर्न सकेको देखिन्छ। जुनमा कम्पनीले जम्मा २१ हजार सवारी बेचेको थियो भने जुलईमा झण्डै दोब्बर बेच्न सफल भएको तथ्यांकले देखाएको छ।
यसैगरी महिन्द्रा एण्ड महिन्द्राको प्यासेन्जर भेहिकलको बिकरी जुनको तुलनामा जुलाईमा ३६ प्रतिशतले बढेको छ। जुलाई महिनामा मात्रै कम्पनीले कुल ११ हजार २५ वटा गाडी बेच्यो।
गत वर्षको जुलाईको तुलनामा भने यो ३५ प्रतिशत कम हो। तर कोरोना महामारीको संकटमा पनि जुनको तुलनामा जुलाईमा गाडी बिक्री बढेकोले अटो सेक्टरमा चहलपहल बढेको भन्न सकिन्छ।
यस्तै टोयोटा किर्लोस्कर मोटरले पनि जुलाईमा जुनको तुलनामा ३९ प्रतिशत बढी बिक्री गरेको छ।
जुनमा ३८ सय ६६ वटा गाडी बेचेको मा जुलाईमा कम्पनीले ५३ सय ८६ वटा गाडी बेच्यो। तर वार्षिक रुपमा हेर्दा गत वर्षभन्दा यो ४८ प्रतिशतले कम हो।
टोयोटा किर्लोस्कर मोटर्सका बिक्री तथा सेवाका वरिष्ठ उपाध्यक्ष नवीन सोनीले भने -'कोरोनाले सिर्जना गरेको बिबिध चुनौतीहरुका बाबजुद जुलाईमा कम्पनीको खुद्रा तथा थोक बिक्री जुनको तुलनामा धेरै राम्रो मान्नुपर्छ।'
बाइकतर्फ भारतको सबैभन्दा ठूलो दुईपाङ्ग्रे कम्पनी हिरो मोटोकर्पको बिक्री गत वर्षको तुलनामा बिक्री झण्डै ४ प्रतिशतले घटेको छ। कम्पनीले कोभिढ १९ महामारीका कारण आर्थिक सुस्तताका बाबजुद कम्पनीले जुनको तुलनामा जुलाईमा १४ प्रतिशत बढी बिक्री गरेको बताएको छ।
गत वर्ष कम्पनीले ५ लाख ३५ हजार ८१० वटा मोटरसाकइकल बेचेको थियो भने यस वर्ष ५ लाख १४ हजार ५०९ वटा बाइक बेचेको छ।