BIZMANDU
www.bizmandu.com

अलैंचीको जति घट्यो उत्पादन, उति नै मूल्यमा ह्रास, प्रतिमन २० हजार, किसानमा चिन्ता

२०७७ साउन १७

अलैंचीको जति घट्यो उत्पादन, उति नै मूल्यमा ह्रास, प्रतिमन २० हजार, किसानमा चिन्ता
अलैंचीको जति घट्यो उत्पादन, उति नै मूल्यमा ह्रास, प्रतिमन २० हजार, किसानमा चिन्ता

      

Tata
GBIME
Nepal Life

मंगलबारे(इलाम)। विश्व बजारमा डलरको भाउ बढ्दा अलैंचीको पनि बढ्थ्यो। तर यसपटक भाउ बढेको छैन। उत्पादन परिमाण पनि घट्दो छ।
कुनै बेला किसानले एक लाख रूपैयाँ प्रतिमन (४०केजी) बिक्री भएको अलैंचीको मूल्य निरन्तर ओरालो लागेको छ। पाँच वर्षअघि प्रतिमन एक लाख ३० हजारका दरले बिक्री भएको अलैंची निरन्तर ओरालो लाग्दै हाल २० हजारमा आइपुगेको हो। 

देशमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्ला इलाम हो। तर यहाँ जति अलैंची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित छन्। नगदेबालीमध्ये सबैभन्दा धेरै पैसा आउने अलैंची थियो। निरन्तर भाउ घट्दा यसको खेती गरिरहेका किसानमा निराशा छ।     
अलैंचीको उत्पादन शुरु हुनै लाग्दा किसानमा कोरोनाका बजार नपाइएला भन्ने अर्को चिन्ता छ।

खोला, खोल्साका भीरपाखामा उत्पादन हुने अलैंचीलाई सजिलो खेतीका रुपमा लिइन्छ। तर पहिले पहिले बढी मूल्यमा बिकेको कृषि उपजको भाउ निरन्तर ओरालो लागेपछि किसान चिन्तित भएको इलाम सन्दकपुरका किसान कोषराज खतिवडाले बताए।      
विश्व बजारमा सुनको भाउ बढ्दा अलैंचीको भाउ पनि बढ्ने गरेको थियो । हाल २० देखि २२ हजारसम्म प्रतिमन अलैंची किनबेच हुने गरेको व्यापारीको भनाइ छ।     

साउन अन्तिमदेखि अलैंचीको याम शुरु हुन्छ। तल्लो अर्थात् औल क्षेत्रमा साउन अन्तिममा नै अलैंची पाक्छ भने जिल्लाको माथिलो भेगमा कात्तिक अन्तिम सम्ममा मात्र अलैंची टिप्ने गरिन्छ। पछिल्लो समय किसानले अन्नबाली नै मासेर अलैंची लाएका छन्। निरन्तर भाउमा गिरावट आएपछि चिन्ता छाएको माईजोगमाई गाउँपालिकाका हरि पोखरेलले बताए। भाउमा एकरुपता रहे खासै गाह्रो नभएपछि बर्सेनि ओरालो लागेको छ।     

भाउ घट्ने गरेकाले किसानमात्र हैन व्यापारीसमेत चिन्तित हुने गरेका छन्। किसानले पाँच वर्षअघि सलकपुरे, भार्लाङलगायत जातका अलैंची टाढा टाढाबाट खरिद गरिल्याएका थिए। प्रतिसरा १० देखि १५ का रूपैयाँदरले किनेर रोपेको अलैंची केही मरिसकेको छ भने केही बाँकी रहे पनि उत्पादन दिन छाडेको किसानको भनाइ छ।

वर्षभरि घरखर्च चलाउने, छोराछोरीलाई निजी विद्यालयमा पढाउन पनि एक मन अलैंचीले नै पुग्ने गरेको भए पनि हाल ६ मन बेच्दा पनि ६ वर्ष अघिको एक मन अलैंचीको दाम नभेटिने किसानको भनाइ छ।