BIZMANDU
www.bizmandu.com

सुरुङ बिनाको आयोजना सुपर त्रिशूलीको निर्माण मंसिरदेखि, लागत प्रतिमेगावाट १६ करोडभन्दा कम

२०७७ साउन १७

सुरुङ बिनाको आयोजना सुपर त्रिशूलीको निर्माण मंसिरदेखि, लागत प्रतिमेगावाट १६ करोडभन्दा कम
सुरुङ बिनाको आयोजना सुपर त्रिशूलीको निर्माण मंसिरदेखि, लागत प्रतिमेगावाट १६ करोडभन्दा कम

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालकै पहिलो सुरुङ मार्ग बिनाको जलविद्युत आयोजनाको निर्माण प्रक्रिया सुरु हुने भएको छ।

चितवन र गोरखाको सिमानामा त्रिशूली नदिमा बन्ने १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत आयोजनामा ड्यामको पानी १५ मिटर उचाइबाट ४५ मिटर तल रहने विद्युतगृहमा खसाएर विद्युत उत्पादन गरिने छ।
 
सिभिल र इलेक्ट्रो मेकानिकलतर्फको ठेक्का आह्वान गरेसँगै आगामी मंसिरदेखि भौतिक निर्माण सुरु गरिने आयोजनाको प्रवर्द्धक ब्लु इनर्जी प्रालिका निर्देशक निरञ्जन रेग्मीले बताए। उनका अनुसार यो आयोजनामा अन्यका तुलनामा प्रति मेगावाट ऊर्जा उ्तपादनको लागत निकै सस्तो पर्ने देखिएको छ। आयोजनाले ९ वर्ष अघि सर्वेक्षण अनुमति र २ वर्ष निर्माण अनुमति पाएको थियो।  

गत असोजदेखि निर्माण सुरु गर्ने लक्ष्य राखेको आयोजना वित्तीय व्वस्थापन प्रक्रियामा समय लागेकाले ढिला भएको हो। अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लगानी जुटाउने तयारी थियो। आयोजनाले त्यहाँबाट लगानी जुटाउन नसकेपछि अन्ततः नेपाल इनभेष्टमेन्ट बैंकको नेतृत्वमा नेपालकै बैंकहरूबाट वित्तीय व्वस्थापन गरिसकेको छ। 

पछिल्लोपटक गत चैतसम्ममा सबै ठेक्का प्रक्रिया टुंग्याएर निर्माण सुरु गर्ने लक्ष्य तय भएकोमा कोभिड-१९ का कारण काम प्रभावित भएको थियो। आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा ८ वटा बैंकले ११ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरि वित्तीय व्यवस्थापन भएको छ। प्रवर्द्धकका तर्फबाट गरिने २५ प्रतिशत लगानीमा याक एण्ड यती र हायात होटलमा लगानी रहेको सर्राफ ग्रुपले समेत लगानी गरेको छ। 
 
बुढीगण्डकीको पानी प्रयोग गरे १२ महिना १०० मेगावाट उत्पादन
१२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाबाट २२ किलोमिटर तल सुपर त्रिशूली जलविद्युत आयोजना निर्माण हुनेछ।

भविष्यमा बुढीगण्डकी जलाशययुक्त आयोजना बनिसकेपछि हिउँदको बेला बुढीगण्डकीबाट गएको रिजर्भ पानी समेत प्रयोग गरेर पिक समयमा पनि पूर्ण क्षमतामा १०० मेगावाट नै विद्युत उत्पादन गर्न सकिने निर्देशक रेग्मीले बताए।

नेपालमा नदि प्रवाहमा आधारित आयोजनाले वर्षातमा पूर्ण क्षमतामा विद्युत उत्पादन गरे पनि हिउँदमा ४० प्रतिशतमात्रै उत्पादन गर्ने गरेका छन्। काठमाडौंबाट १०० किलोमिटरको दुरीमा रहेको उक्त आयोजना वातावरणीय प्रभावको हिसाबले पनि एकदमै सहज मानिएको छ।
 
४.५ किलोमिटर क्षेत्रफलमा जलाशय रहने उक्त आयोजनामा एक सय हाराहारी मात्रै रुख काट्नु पर्नेछ। बस्ती उठाउनु नपर्ने र ६० रोपनीमात्रै जग्गा अधिग्रहण गर्दा आयोजना बन्ने भएपछि सबै कुराले सहज भएको रेग्मीले बताए।

आयोजनास्थल पृथ्वी राजमार्गसँगै छ। आयोजनाले कुनै पनि किसिमका बेग्लै सडक निर्माण गर्नुपर्ने छैन। चुम्लिङटार र बुटार जोड्ने पुल सरकारले निर्माण गर्नेछ। त्यसैले यस आयोजनाको प्रति मेगावाट लागत १५ करोड रुपैयाँ मात्रै छ।