BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट बैंकलाई आईएफसीको अवार्ड, दक्षिण एशियाका बैंकहरुमध्ये ‘उत्कृष्ट साझेदार’ 

२०७७ साउन १६

इन्भेष्टमेन्ट बैंकलाई आईएफसीको अवार्ड, दक्षिण एशियाका बैंकहरुमध्ये ‘उत्कृष्ट साझेदार’ 
इन्भेष्टमेन्ट बैंकलाई आईएफसीको अवार्ड, दक्षिण एशियाका बैंकहरुमध्ये ‘उत्कृष्ट साझेदार’ 


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट पुरष्कृत भएको छ । इन्भेष्टमेन्ट बैंकले दक्षिण एशियाका न्यून आय भएका अन्तर्राष्ट्रिय विकास संगठन (आईडीए) मुलुकहरुका बैंकमध्ये 'सन् २०१९ का लागि उत्कृष्ट साझेदार' को सम्मान पाएको हो । 

Tata
GBIME
Nepal Life

'ग्लोबल ट्रेड फाइनान्स प्रोगाम (जीटीएफए)' अन्तर्गत सबैभन्दा बढी परिमाणमा ट्रेड फाइनान्स गरेकोमा आईएफसीले एनआईबीएललाई उक्त सम्मान दिएको हो ।

'आईएफसीले नेपालमा ट्रेड फाइनान्सका लागि नेपाल इन्भेष्टमेन्ट बैंकसँग साझेदारी गरेको हो । जसमार्फत स्थानीय व्यवसायहरुलाई गर्ने सहयोग बढाउनका लागि बैंक सक्षम हुनेछ र उनीहरुलाई अन्तर्राष्ट्रिय व्यापारका अवसरहरु बढाउन पनि मद्दत पुग्नेछ,' एनआईबीएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आईएफसीको ट्रेड फाइनान्स सहयताले देशको कर्पोरेट र साना तथा मझौला व्यवसायका क्षेत्रहरुलाई विश्व व्यापारमा हिस्सा बढाउन र विश्वभरका विभिन्न करेस्पोन्डेन्ट बैंकहरुसँग परिचित गराउन सबल बनाएको छ। यो सञ्जालले न्यून जोखिमका साथ चुनौतीपूर्ण बजारहरुमा कारोबार, प्रतिस्पर्धी लगानी प्रवर्द्धन र अन्तरसम्बन्धित बैंकहरुसँग सम्बन्ध स्थापित गर्नका लागि सहजीकरण गर्छ ।'

संसारमै तीव्ररूपमा वृद्धि भइरहेको दक्षिण एशियामा दिगो वृद्धि र समावेशी विकास, जनशक्ति विकास इत्यादिका लागि यस क्षेत्रमा विद्यमान चरम गरिबीको अन्त्य गर्दै साझा समृद्धिलाई बढावा दिन इन्टरनेशनल डेभलपमेन्ट एशोसिएशन (आईडीए) क्रियाशील छ । 

पाँचपटक 'फाइनान्सियल टाइम्स बैंक अफ द इयर' अवार्ड पाएको  एनआईबीएलका देशभर ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टरहरु, १०  राजस्व संकलन काउन्टरहरु र ५६ शाखारहित बैंकिङ काउन्टरहरु छन् । इक्रा नेपालबाट 'ए' क्रेडिट रेटिङ प्राप्त गरेको यस बैंकले अन्तर्राष्ट्रिय पब्लिकेसन 'युरोनोमी' ले प्रदान गर्ने 'बेस्ट बैंक २०१८' युरोनोमी अवार्ड समेत पाएको थियो ।