BIZMANDU
www.bizmandu.com

अपाचे आरटिआर सिरिजमा ‘१६० फोर भी सिंगल डिस्क’ नेपालमा सार्वजनिक हुँदै, पिकपमा उत्कृष्ट

२०७७ साउन १६

अपाचे आरटिआर सिरिजमा ‘१६० फोर भी सिंगल डिस्क’ नेपालमा सार्वजनिक हुँदै, पिकपमा उत्कृष्ट
अपाचे आरटिआर सिरिजमा ‘१६० फोर भी सिंगल डिस्क’ नेपालमा सार्वजनिक हुँदै, पिकपमा उत्कृष्ट

Tata
GBIME
Nepal Life

काठमाडौं। टिभीएस बाइकको नेपालका लागि अधिकृत बिक्रेता जगदम्बा मोटर्सले आगामी अगस्ट ४ (साउन २०) मा अपाचे आरटिआर सिरिजको नयाँ मोटरसाइकल '१६० फोर भि सिंगल डिस्क' सार्वजनिक गर्ने भएको छ।

१६० सीसीअन्तर्गतका सिरिजमा हालसम्म बजारमा ल्याइएका बाइकमध्ये यो मोडल उत्कृष्ट पावर र पिकअप क्षमताको रहेको कम्पनीले जनाएको छ। प्रविधि विकाससँगै पछिल्लो समय बाइकको क्षमताप्रति ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले फोर भी सिंगल डिस्क सार्वजनिक गर्न लागेको जगदम्बा मोटर्सका बिक्री महाप्रबन्धक दीपक रौनियारले बताए। 

उनका अनुसार सार्वजनिक गर्न लागिएको बाइकको नेपाली बजार मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँ राखिएको छ। 'आरटिआर १४० फोर भी सिंगल डिस्कमार्फत ग्राहकले नयाँ अनुभव लिन सक्नुहुनेछ। प्रयोगात्मक रूपमा बाइक चलाउँदा ग्राहकले सहजै यसको पिकअप र पावर क्षमताको अनुभव लिन सक्नुहुनेछ,' उनले भने।   

फ्रन्ट सस्पेन्सन र मोनोसक रियर सस्पेन्सन रहेको यो बाइकमा अधिकतम शक्ति क्षमता आठ हजार आरपिएम'रिभकोलुसन पर मिनेट र अधिकतम टर्क शक्ति क्षमता ६५ सय आरपिएम रहेको कम्पनीले जनाएको छ।                  

कम्पनीका अनुसार बाइकमा १२ भोल्टको अटोमेटिक हेडलाइट अन, अल टाइम अनसहितको ३५ वाटको एचएस-१ बल्ब, फ्युल डेलिभरी कारबुरेटर, चारवटा भल्भ सहितको सिलिण्डर लगायतको उपकरण जडान गरिएको छ। 

१६० सीसीको बाइकमा एयर असिस्टसहितको आयल कुलर, सेल्फ स्टार्ट, फ्रन्ट डिस्क ब्रेक/ रियर ड्रम ब्रेक लगायतको सुविधा जडान गरिएको छ। १२ लिटर इन्धन क्षमता रहेको बाइकको रिजर्भ ट्यांकमा २.५ लिटरको इन्धन क्षमता रहेको छ भने प्रतिलिटर ३० किलोमिटर माइलेज क्षमता रहेको कम्पनीले जनाएको छ। 

कुल १४३ किलोग्राम वजन रहेको यो बाइकको अगाडि र पछाडि ट्युवलेस टायर छ। पावरफुल बाइक रोज्ने राइडरको रोजाइमा यो पर्ने कम्पनीको अपेक्षा छ।