BIZMANDU
www.bizmandu.com

असहमतिका बीच सनराइजमा पौडेलको निरन्तरता, जोशीको राजीनामा अस्वीकृत, गुरागाईंको फरक मत

२०७७ साउन १६

असहमतिका बीच सनराइजमा पौडेलको निरन्तरता, जोशीको राजीनामा अस्वीकृत, गुरागाईंको फरक मत
असहमतिका बीच सनराइजमा पौडेलको निरन्तरता, जोशीको राजीनामा अस्वीकृत, गुरागाईंको फरक मत

Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको जागिर जोगिएको छ। बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकमा केही सञ्चालकहरुबाट फरक मत आए पनि पौडेललाई निरन्तरता दिने निर्णय भएको छ।

बैंकका केही सञ्चालक र प्रमुख कार्यकारीबीच विवाद भएपछि सञ्चालक समितिले पौडेललाई ६ बुँदे स्पष्टीकरणसमेत सोधेको थियो। यही बीचमा राष्ट्र बैंकले पनि हस्तक्षेप गरेपछि पौडेललाई निरन्तरता दिइएको हो।

पौडेलले स्पष्टीकरण बुझाएपछि सञ्चालक समितिले उनको बारेमा निर्णय गर्न बैठक गरेको थियो। बैठकको सुरुमै पौडेललाई निरन्तरता दिने भएपछि सञ्चालक ओमकृष्ण जोशीले राजीनामा दिने बताएका थिए।

आफूले सुरुमा सिइओको राजीनामा मागेको र अहिले उनैलाई निरन्तरता दिँदा नैतिक रूपमा पनि बस्न नमिल्ने भन्दै राजीनामा गर्ने बताएका थिए। सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले बोर्डमा यस्ताका कुरा सामान्य भएको र कार्यकाल पनि केही समय मात्र बाँकी रहेकाले नछाड्न आग्रह गरेका थिए। उनको राजीनामा भने स्वीकृत भएको छैन।

अर्का सञ्चालक शैलेन्द्र गुरागाइईंले भने आफू सञ्चालक समितिको निर्णय नमान्ने भन्दै असहमति राखेका थिए। उनले प्रमुख कार्यकारीलाई हटाउनै पर्ने अडान राखेका थिए। 

त्यसपछि बाँकी सदस्यहरुले 'तपाईँले असहमति राख्न पाउनु हुन्छ, असहमति राख्नुस् तर प्रमुख कार्यकारी भने पौडेल नै हुन्छन्' भन्ने अडान राखेका थिए। 'राष्ट्र बैक पनि छोटो समयमा प्रमुख कार्यकारी हटाएको भन्दै रिसाएको छ,  बजारमा पनि राम्रो सन्देश जाँदैन। त्यसैले सिइओलाई अहिले हटाउनु हुँदैन,' दुगडले आफ्नो भनाइ राखेका थिए।

बैठकमा मालचन्द दुगडले भने केही पनि बोलेनन्। प्रमुख कार्यकारी पक्षधरहरुले भने सर्वसम्मतिले पौडेललाई निरन्तरता दिने निर्णय गरेको बताए।