BIZMANDU
www.bizmandu.com

सेलपेको वार्षिकोत्सवमा अफर, पहिलो मर्चेन्ट पेमेन्टमा ५० प्रतिशतसम्म क्यासब्याक

२०७७ साउन १५

सेलपेको वार्षिकोत्सवमा अफर, पहिलो मर्चेन्ट पेमेन्टमा ५० प्रतिशतसम्म क्यासब्याक
सेलपेको वार्षिकोत्सवमा अफर, पहिलो मर्चेन्ट पेमेन्टमा ५० प्रतिशतसम्म क्यासब्याक

Tata
GBIME

काठमाडौं। सेलपेले आफ्नो वार्षिकोत्सवका अवसरमा विभिन्न अफर ल्याएको छ। कम्पनीले सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत(अधिकतम एक हजार रुपैयाँसम्म) क्यासब्याक पाउने जनाएको छ।

यो अफर लिन सेलपे एप डाउनलोड गरेर बैंक खतामा लिंक गर्नुपर्ने कम्पनीले जनाएको छ। सेलपेका पाँच जना ग्राहकले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा सय सेकेण्डभित्र एक रुपैयाँमा असीमित ग्रोसरीका सामान किन्न पाउने कम्पनीले जनाएको छ। कम्पनीको मोबाइल र वेव एप्लिकेशन दुबै माध्यमबाट भुक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

सेलपेबाट विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेट महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनि ट्रान्सफर, बीमा रकम भुक्तानी, इएमआई भुक्तानी, कोभिड-१९ को बीमा रकम भुक्तानी तथा सेयर कारोबार गर्न सकिने जनाएको छ।