BIZMANDU
www.bizmandu.com

‘लक्ष्मी उन्नति कोष’ मा ३३ करोड रुपैयाँको आवेदन, आजदेखि संस्थागत लगानीकर्तालाई खुला

२०७७ साउन १५

‘लक्ष्मी उन्नति कोष’ मा ३३ करोड रुपैयाँको आवेदन, आजदेखि संस्थागत लगानीकर्तालाई खुला
‘लक्ष्मी उन्नति कोष’ मा ३३ करोड रुपैयाँको आवेदन, आजदेखि संस्थागत लगानीकर्तालाई खुला


Tata
GBIME
Nepal Life

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बिक्री खुलाएको ८० करोड रुपैयाँ बराबरको 'लक्ष्मी उन्नति कोष' को म्युचुअल फन्ड एकाइका लागि बिहीबारदेखि  संस्थागत लगानीकर्ताहरुले पनि आवेदन दिन सक्ने भएका छन् । 

साउन ११ गतेदेखि ८ करोड एकाइका लागि बिक्री खुला भएको उक्त म्युचुअल फन्डमा ३३ करोड रुपैयाँ बराबरको आवेदन परिसकेको क्यापिटलले बताएको छ । आवेदन माग गरेको चार दिन पूरा भएकाले आजदेखि कम्पनी, संस्था तथा कोषले पनि अब लगानी गर्न सक्ने भएका हुन् । 

हालसम्म संस्थापकबाहेक सेयरधनीहरुले ३३ करोड रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यसमा कतिपयको आवेदन रद्द पनि भएको छ, जसको विवरण भने आउन बाँकी नै छ ।

यो योजनाको एकाइमा ढिलोमा २५ साउनसम्म आवेदन दिन सकिनेछ । यसअघि ९ देखि ११ चैतसम्म 'लक्ष्मी उन्नति कोष'  को बिक्री खुला गर्ने कम्पनीको योजना रहेको भएपनि कोरोना भाइरसका कारण त्यसबेला बिक्री स्थगित भएको थियो । 

यसमा प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्यका १०० देखि ८० लाख एकाइसम्मका लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट यसका लागि आवेदन दिन सकिनेछ ।

यसअघि लक्ष्मी क्यापिटलले जारी गरेको लक्ष्मी भ्यालु फण्ड गत ११ चैतमा परिपक्व भएको थियो, जसले लगानीकर्तालाई ६५ प्रतिशत नगद प्रतिफल दिएको छ । उक्त योजनाले अझै पाँच प्रतिशत प्रतिफल वितरण गर्न बाँकी नै रहेको जनाएको छ । यो म्युचुअल फन्ड योजना संचालन भएको दुई वर्षमा ५० प्रतिशत नगद वितरण गरेको थियो ।