BIZMANDU
www.bizmandu.com

ऋण तिर्न नसक्दा अनिल अम्बानीको रिलायन्स ग्रुपको हेडक्वार्टर गुम्दै, यस बैंकले लिने

२०७७ साउन १५

Tata
GBIME
Nepal Life

भारतीय उद्योगपति अनिल अम्बानीको रिलायन्स ग्रुपको हेडक्वाटर रहेको सान्टाक्रुजस्थित भवन तथा दक्षिणी मुम्बईमा रहेको दुई अन्य अफिस खाली गर्न यस बैंकले सूचना जारी गरेको छ। 

अनिल अध्यक्ष रहेको रिलायन्स इन्फ्रास्ट्रक्चरलाई दिएको २,८९२ करोड भारु ऋण असुलीवापत बैंकले  यी सम्पत्तिमाथि आफ्नो अधिकार दाबी गर्दै कम्पनीलाई पत्राचार गरेको हो। 

कर्जा  नतिर्नेको सम्पत्तिबाट असुली गर्न पाउने कानुनअन्तर्गत बैंकले यी सम्पत्तिमाथि आफ्नो अधिकार स्थापित गर्न लाागेको  बताइएको छ। बैंकले नागिन महलको दुईवटा तलाको अफिस स्पेस पनि खाली गर्न बैंकलाई सूचना पठाइसकेको छ।

रिलाायन्सले बिएसइएसलाई प्राप्ति गरेपछि उक्त भवनमा दुई दशकअघि कम्पनीको हेडक्वार्टर स्थापित भएको थियो। २१४३२ वर्गमिटरको प्लटमा अवस्थित यो भवन हाल रिलायन्स इन्फ्रास्ट्क्चरको स्वामित्वमा छ।   रिलायन्स ग्रुपको अफिस सन् २०१८ मा सान्टाक्रुजको अफिसमा सिफ्ट भएको थियो। 

मुम्बई एयरपोर्ट नजिकै रहको उक्त भब्य भवन मा रिलायन्स इन्फ्रास्ट्रक्चरबाहेक रिलायन्स फाइनान्सियल सर्भिसेज तथा अन्य ग्रुपहरुको पनि अफिस छ। त्यसअन्तर्गत रिलायन्स क्यापिटल, रिलायन्स हाउजिङ, फाइनान्स, रिलायन्स जनरल इन्स्योरेन्स तथा अन्य कार्यालय छन्।

प्रिमियम कमर्सियल एरियामा रहेको उक्त भवनमा ३ हजार कर्मचारी अटाउने क्षमता छ। भवन रिलायन्स इन्फ्रास्ट्रक्चरको नाममा छ जुन कम्पनी हाल १५० अर्ब भारतीय रुपैयाँ ऋणमा डु्बेको छ।

गत महिनामात्रै अनिलले कम्पनीको सम्पत्ति बेच्दै आगामी वर्ष ऋण मुक्त बन्ने योजना रहेको  बताएका थिए।  रिलायन्स इन्फ्रास्ट्रक्चर अधिक ऋणमा डुबेका कारण अत्यन्तै नाजुक अवस्थामा रहेको बताइएको छ। 

 हालैका महिनामा ग्रुपले आफ्नो अफिस स्पेसलाई खुम्च्याउँदै आएको थियो। ठूलो ऋणमा डुबेपछि कम्पनीले हेडक्वाटरलाई लिजमा दिने तयाारी गरेको  योजना सार्वजनिक गरेको थियो।  
कोभिड-१९ को कारण भएको लकडाउनपछि धेरैजसो कर्मचारीलाई कम्पनीले  घरबाट काम गर्न भनेको थियो। 

यस बैंकले अनिल अम्बानी ग्रुपलाई प्रवाह गरेको ठूलो रकम खराब कर्जाका रूपमा रहेको छ। यस बैंकले कम्पनीलाई ऋण तिर्नका लागि ६० दिनको  म्याद दिँदै सूचना दिएको भए पनि  कम्पनीले कुनै पनि रकम भुक्तानी नगरेका कारण  बैंकले  बाध्य भएर कानुन अनुसार कदम चालेको जनाएको छ।

कानुन अनुसार बैंकले सम्पत्तिमाथि आफ्नो अधिकार स्थापित गर्ने र बिक्री गरी आफ्नो ऋण वापतको रकम उठाउन सक्नेछ। 

बैंकको अनिल अम्बानी ग्रुपको मात्रै करिब १२ हजार करोड भारु  खराब कर्जा रहेपछि गत मार्चमा बैंकको वित्तीय अवस्था संकटमा रहेको बताइएको थियो।

बिगत २ दशकमा अनिल अम्बानी ग्रुपले आक्रामक रूपमा नयाँ ब्यापारहरुमा हात हाल्दा बिभिन्न बैंकहरुसँग ठूलो परिमाणमा कर्जा लिएको थियो। तर कर्जा लिए जसरी ब्यापारबाट  'क्यास फ्लो' हुन नसक्दा कम्पनीले गति लिन सकेन। यसबाट कम्पनी ठूलो परिमाणको ऋणमा डुबेको छ।

कम्पनीका धेरे प्रोजेक्टहरु ऋण तिर्न नसकेकै कारण कानुनी झमेलामा फसेको छ। 

अनिल हाल एशियाकै धनाढ्य तथा विश्वका पाँचौ धनी मुकेश अम्बानीका भाई हुन्। आफ्नो बुवाको मृत्युपछि रिलायन्स साम्राज्यको अंशबण्डा गर्दै दुई भाइले सन् २००२ देखि अलग रुपमा ब्यापार अघि बढाएक थिए। 

दुबैले अर्बपतिका रुपमा कारोबार सुरु गरेपनि  मुकेशले उर्जा, टेलिकम र रिटेल क्षेत्रमा आफूलाई स्थाापित गर्दै लगे तर भाई  अनिलका कम्पनीहरु भने बिबिध नयाँ क्षेत्रमा हात हाल्दै  डुब्ने अवस्थाामा पुगे। 

दाजु मुकेशले बिभिन्न समयमा भाइको ऋण तिर्नका लागि सहयोग गर्न चाहेको सार्वजनिक हुँदै आएपनि अनिलको अवस्था नाजुक बन्दै गएको देखिन्छ।