BIZMANDU
www.bizmandu.com

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न सिएनआईको ‘मेक इन नेपाल’ अवधारणा, अर्थमन्त्रीलाई ‘ब्रिफिङ’

२०७७ साउन १४

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न सिएनआईको ‘मेक इन नेपाल’ अवधारणा, अर्थमन्त्रीलाई ‘ब्रिफिङ’
स्वदेशी उत्पादन प्रवर्द्धन गर्न सिएनआईको ‘मेक इन नेपाल’ अवधारणा, अर्थमन्त्रीलाई ‘ब्रिफिङ’

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग परिसंघ (सिएनआइ)ले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न 'मेक इन नेपाल' अवधारणा अघि सारेको छ। परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउँदै रोजगारी सिर्जना गर्न यो अवधारणा अघि सारेको हो।

परिसंघले यो अवधारणाका बारेमा बुधबार अर्थमन्त्री डा युवराज खतिवडालाई समेत जानकारी गराएको छ। परिसंघका अध्यक्ष सतीश मोरले अर्थतन्त्रलाई चलायमान बनाउन स्वदेशी उत्पादन प्रवर्द्धन अपरिहार्य रहेको बताउँदै यो अवधारणा अनुसार नीतिगत व्यवस्थाका लागि समेत आग्रह गरे।

परिसंघले बजेटमार्फत उत्पादनमूलक उद्योगमा लकडाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनमा नआएको जानकारी गरायो। निर्यात गरिएका वस्तुमा भ्याट फिर्ताको व्यवस्था, उद्योगहरुलाई वातावरणीय प्रभाव मूल्यांकनमा देखिएका जटिलता सरलीकृत गर्न समेत अर्थमन्त्री खतिवडालाई परिसंघले आग्रह गरेको छ।  

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले आत्मनिर्भर हुनसक्ने उद्योगहरुको बारेमा धारणा राखेका थिए। अर्थमन्त्रीले लकडाउन खुलापछि उद्योग व्यवसाय संचालनको अवस्थाका बारेमा जानकारी लिएका थिए। छलफलमा परिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल, निर्वाण चौधरी र कृष्णप्रसाद अधिकारीको उपस्थिति थियो।