BIZMANDU
www.bizmandu.com

नयाँ आर्थिक वर्ष लागेपछि निक्षेप २५ अर्बले घट्यो, ऋण ३६ अर्बले कमी, किन घट्यो ऋण?

२०७७ साउन १४

नयाँ आर्थिक वर्ष लागेपछि निक्षेप २५ अर्बले घट्यो, ऋण ३६ अर्बले कमी, किन घट्यो ऋण?
नयाँ आर्थिक वर्ष लागेपछि निक्षेप २५ अर्बले घट्यो, ऋण ३६ अर्बले कमी, किन घट्यो ऋण?

Tata
GBIME
Nepal Life

काठमाडौं। नयाँ आर्थिक वर्ष लागेपछि वाणिज्य बैंकहरुको निक्षेप र ऋण ह्वात्तै घटेको छ। असार मसान्तको तुलनामा साउन ९ गतेसम्म बैंकहरुको निक्षेप र ऋण दुवै फराकिलो अन्तरले घटेको हो।

राष्ट्र बैंकका अनुसार, निक्षेप २५ अर्बले घटेको छ भने ऋण ३६ अर्ब रुपैयाँले घटेको छ। असार मसान्तमा बैंकहरुसँग ३४ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप थियो। ऋण २९ खर्ब ३ अर्ब रुपैयाँ थियो।

जबकी असारको अन्तिम साता ऋण र निक्षेप ह्वात्तै बढेको थियो। 

'निर्माण क्षेत्रमा काम गर्नेहरुले ग्यारेन्टीहरु लिएका हुन्छन्। उनीहरुले वर्षको अन्तिममा भुक्तानी लिएर बैंकको पैसा घटेका कारण ऋण घटेको हुन सक्छ,' बैंकर्स संघका प्रमुख कार्यकारी अनिल शर्माले भने, 'त्यसअघि निक्षेपमा रहेको पैसा झिकेर ऋण तिर्दा निक्षेप पनि घटेको हो।'

बैंकरका अनुसार, यसबाहेक अरु के कारणले ह्वात्तै निक्षेप र ऋण घट्यो भनेर अनुमान लगाउन गाह्रो छ।