BIZMANDU
www.bizmandu.com

वीरगंजमा कोरोना संक्रमित बढेपछि व्यवसायीको प्रस्ताव, ‘होटललाई आइसोलेसनको रुपमा प्रयोग गरौं’

२०७७ साउन १३

वीरगंजमा कोरोना संक्रमित बढेपछि व्यवसायीको प्रस्ताव, ‘होटललाई आइसोलेसनको रुपमा प्रयोग गरौं’
वीरगंजमा कोरोना संक्रमित बढेपछि व्यवसायीको प्रस्ताव, ‘होटललाई आइसोलेसनको रुपमा प्रयोग गरौं’

Tata
GBIME
Nepal Life

वीरगंज। पर्सामा संक्रमित पुष्टी भएर घरमै अव्यवस्थित हिसाबले बसेका संक्रमितहरुलाई होटलमा राख्न दिन व्यवसायी तयार भएका छन्।

न्यूनतम शुल्कमा तत्कालै वीरगंजका ५० भन्दा होटलमा राख्न सकिने उनीहरुले बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अधयक्ष हरि पन्तले स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले वातावरण बनाए होटलमा आइसोलेसन बनाउन तयार रहेको बताए।

‘अहिले वीरगंजको घर–घरमा कोरोना संक्रमित देखिएका छन्। अस्पतालको आइसोलसन वार्ड समेत भरिएकाले उहाँहरु घरमै अव्यवस्थित हिसाबले बसिरहनु भएको छ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘  प्रायको घरमा छुटै रूम र ट्वाइलेट नहुँदा  घरका अन्य सदस्यमा पनि संक्रमण फैलिने जोखिम छ। त्यसका लागि होटलमा राख्नु उपयुक्त हुन सक्छ।‘

होटल व्यवसायीले जोखिम मोलेरै भएपनि देशका लागि न्यूनतम मूल्यमा दुई सय बेड दिन तयार रहेको पन्तले बताए। उनले काठमाडौंमा समेत नेपाल वायुसेवा निगमका पाइलट र कर्मचारीलाई तारे होटलमा राखेको बताउँदै त्यसरीनै जनस्तरमा कोरोना संक्रमण नियन्त्रणका लागि होटललाई आइसोलेसन बनाउन तयार हुनुपर्ने बताए।

कतार लगायतका कतिपय मुलुकमा होटलमै कोरोना संक्रमित राखेर नियन्त्रणमा लिइएको थियो।