BIZMANDU
www.bizmandu.com

६ हजारमा जहाजमा चढेर पोखरा घुम्न पाइने, बुद्ध होलिडेजको आन्तरिक पर्यटक बढाउन यस्तो छ प्याकेज

२०७७ साउन ११

६ हजारमा जहाजमा चढेर पोखरा घुम्न पाइने, बुद्ध होलिडेजको आन्तरिक पर्यटक बढाउन यस्तो छ प्याकेज
६ हजारमा जहाजमा चढेर पोखरा घुम्न पाइने, बुद्ध होलिडेजको आन्तरिक पर्यटक बढाउन यस्तो छ प्याकेज

Tata
GBIME

काठमाडौं। बुद्ध होलिडेजले पर्यटन क्षेत्रलाई चलायमान बनाउन पोखरा र चितवनको प्याकेज ल्याएको छ। यो कम्पनी बुद्ध एयरको भगिनी संस्था हो। भदौ १ गतेदेखि हवाई उडान खुलेपछि यो प्याकेज कार्यान्वयनमा आउनेछ।

कम्पनीले दुई रात तीन दिनको पोखराको प्याकेज ५ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ। यसमा दुईतर्फी हवाई टिकट समेत समावेश छ। कम्पनीका अनुसार होटलको कोठा, विहानको खाजा र पोखरा एयरपोर्टमा पिकअप एण्ड ड्रपको व्यवस्था समेत यही मूल्यमा समावेश छ। कम्पनीका लागि चितवनको समेत ७ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको छ।

यो प्याकेजमा दुईतर्फी हवाई टिकट, तिन तारे होटलको बसाई, विहानको खाता र सौराहासम्म पिकअप एण्ड ड्रपको व्यवस्था रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीकी सिइओ आस्था बस्नेत आन्तरिक पर्यटनलाई चलायमान बनाउन सस्तो प्याकेज ल्याएको बताईन्। यो योजना सीमित अवधिका लागि हुने कम्पनीले जनाएको छ।