BIZMANDU
www.bizmandu.com

‘मसँग पैसा छैन भनेर हेप्न पाइँदैन,’ वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको अन्तर्वार्ता

२०७७ साउन ८

Tata
GBIME
NLIC

हाम्रो बुबाले पनि उद्योग गर्नुभयो, हामीले पनि उद्योग गर्‍यौं। हामी उद्यमीको परिवार हौं। मसँग पैसा कम छ। अर्बपति र खर्बपतिसँग सम्बन्ध छैन भनेर मलाई हेप्न पाइँदैन। त्यो हेप्ने भनेको तीन करोड जनसंख्यामध्ये २ करोड ९८ लाख जनतालाई हेपेको हो। मुस्किलले एक लाख जनता पनि धनी वर्गमा छैनन्। यो तपाइँलाई हेपेको हो? 

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउन २६ र २७ गते काठमाडौंमा हुँदैछ। कोभिड-१९का कारण चैत २७ र २८ गते साधारणसभा हुन नसकेपछि नयाँ मिति तय भएको थियो। यो साधारणसभामा नयाँ नेतृत्वका लागि दुई समूह चुनाबको मैदानमा छन्। जिल्ला नगर उद्योग वाणिज्यका उपाध्यक्ष किशोरकुमार प्रधान र एशोसिएटका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षसहित प्यानल बनाएर निर्वाचनमा होमिएका छन्। 

२७ वर्षअघि पूर्वाञ्चलबाट महासंघको राजनीतिमा इन्ट्री गरेका थिए प्रधान। उनले दुई कार्यकाल उपाध्यक्षको रुपमा महासंघमा काम गरिसकेका छन्। उनै वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानलाई बिजमाण्डूले सोध्यो- कोभिड-१९ का कारण नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा चार महिना पछि सर्‍यो। बाढीपहिरो र कोरोनाका कारण चुनाव चुनौतीपूर्ण रहेको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समेत ट्विट गर्नुभएको छ। अहिले घोषणा भएको चुनाव गर्न चुनौतीपूर्ण नै छ त?
अहिलेको अवस्थामा यो संवेदनशील विषय भएको छ। हामीले तीन/चार महिनादेखि कोभिडको मार सहिरहेको अवस्था थियो। यो अवधिमा हामी पनि घरभित्रै बस्यो। सहमतिबाट कार्यसमितिले साधारणसभाको मिति तोकियो। मिति तोक्दा र अहिलेको संवेदनशील अवस्था हेरेका छौं। हामीले १० दिन अघि साधारणसभा गर्न सरकारलाई आवेदन दिएका थियौं। चैतपछि चार महिना भइसकेको थियो। त्यही भएर कार्यसमितिले मिति तोकेको थियो। तर अहिले सरकारले हामीलाई जे निर्देशन दिन्छ, हामी त्यही गर्छौं।

भर्खरै मात्र मन्त्रीसहित विपद् व्यवस्थापनको बैठकमा भाग लिएको थिएँ। त्यहाँ मैले विगत २२ वर्षको इतिहासमा बाढीपहिरोले यति धेरैको मृत्यु पहिलोपटक भएको जानकारी पाएको थिएँ। मलाई पनि त्यति ज्ञान थिएन कि १५४ जना बाढीपहिरोका कारण निधन भइसकेको रहेछ। यस्तो अवस्थामा हाम्रो जिल्ला-नगरका साथीहरुले समेत कसरी आउने? कसरी व्यवस्थापन गर्ने? भन्ने कुरा छन्। 

तर हामी पदाधिकारी र उम्मेदवारहरु मिति घोषणा भएकाले निर्वाचनमा बाँधिइसकेका छौं। निर्वाचनको मिति घोषणा भइसकेपछि हामीले आफ्नो कर्तब्य गर्नुपर्छ भनेर अगाडि बढेका हौं। उच्चस्तरीय कोभिड व्यवस्थापन समितिले जे निर्णय दिन्छ, त्यो निर्णय अनुसार हामी अगाडि बढ्छौं। 

हामी सरकारसँग स्वीकृत नलिइ साधारणसभा गर्ने पक्षमा छैनौं। हामीले लकडाउनको बीचमा जुन अनुशासन राखेका थियौ, त्यो अनुशासन अहिले पनि राख्नुपर्ने अवस्था छ। मैले हुन्छ वा हुँदैन भन्दिन। सरकारले जे निर्णय गरेर पठाउँछ र, जसरी निर्देशन दिन्छ, त्यसरी नै गर्ने प्रयास गर्छौं। 

तपाइँ साधारणसभा तोकिएकै मितिमा होस् भन्ने चाहनुहुन्छ कि अलि पछाडि सार्नुपर्छ भन्ने चाहनुहुन्छ?
मेरो व्यक्तिगत चाहनाले कुनै असर पर्दैन। चाहना भनेको सम्पूर्ण देशको उद्योगी व्यवसायी जसले भोट दिन आउँछन्, उसलाई सरलता र सहजता हुने व्यवस्थाको लागि हामीले प्रयास मात्रै गर्ने हो। मेरो व्यक्तिगत चाहना भनेको चैत २८ गते नै साधारणसभा हुनुपर्छ भन्ने थियो।

विधि र विधानअनुसार हामीले गर्नुपर्ने त्यही हो। तर हामीले देशको यस्तो परिस्थिति देखेर विधानलाई संशोधन गर्ने प्रक्रिया बाधा अड्काउ फुकाउबाट फुकाएर यो मितिमा ल्याएका हौं।

यहाँ ल्याइसकेपछि अब केही कारणबाट हामीले अनुमति पाएनौं भने फेरि हामी मिति सार्छौंन। त्यो आफ्नो ठाउँमा छ। तर अहिलेको अवस्थामा व्यक्तिगत विचार काम लाग्दैन। हाम्रो मतदाता र  सदस्यहरुको विचार नै सर्वोपरी छ। 

किशोर प्रधानसँग पैसा छैन। यो बिक्ला कि? महासंघमा आउन किन चाहियो ठूलो घराना? उद्योग वाणिज्य महासंघको विधानमा ठूलो घरानाको मात्रै अध्यक्ष बनाउनुपर्छ भनेर लेखेको छ? जुन बेला आज मेरो प्रतिपक्षीको एउटा पनि उद्योग थिएन, उहाँले उद्योगको सपना देख्दा बेला मेरो उद्योग थियो। म ३७-३८ वर्षदेखि उद्योगमा संलग्न भएको व्यक्ति हो। हो, मात्रा सानो छ। अहिले उहाँ एकदम विशाल हुनुहुन्छ, त्यो आफ्नो ठाउँमा छ।

चुनावको अहिलेको मितिमा भएमा २० दिन पनि बाँकी छैन। चुनावको जोडघटाउमा तपाइँको पोजिसन कस्तो पाउनुहुन्छ?
म यसपाली सतप्रतिशत निर्वाचित भएर तपाइँहरु माझ आउँछु। यो विश्वास राख्नुस, किनभने मैले गरेको कर्म साथीहरुले देखिसक्नुभएको छ।
मलाइ साथीहरुले विश्वास दिइसक्नुभएको छ। जुन विश्वासको आधारमा म मात्रै होइन हाम्रो टीमको सबै साथीहरु निर्वाचित भएर आउनुहुन्छ। अहिलेको अवस्थामा  नेपालभरिका उद्योगी व्यवसायीले के चाहेको छ भने एक दशकदेखि जुन प्रकारले उद्योग वाणिज्य महासंघको हाइट हामीले बढाउन सकेनौं। त्यसलाई स्थायित्व बनाउन सकेनौं भन्ने आरोप आइरहेको छ।

त्यो आरोपलाई यसपाली धुनेछौं। अब हुने अध्यक्षले जुन डायनामिक भूमिका लिएर र शक्ति संकलन गरेर निजी क्षेत्रको विचार नै परिवर्तन गर्छु भन्नुभएको छ। देशभरीको निजी क्षेत्रको जुन शक्ति थियो, त्यो आर्जन गर्छु भनेर हामीलाई टीममा चुन्नुभयो। शेखर गोल्छाजीले यति ठूलो साहस गर्नुभएको छ, त्यो धेरै कम मान्छेमा पाएका छौं। 

पहिलेका पूर्व अध्यक्षहरुले पनि नगर्नु भएको होइन। तर अहिले बीचको अध्यक्षहरुले त्यत्रो साहस गर्नुभएको थिएन्, जुन साहस उहाँले अहिले देखाउनुभयो। यो साहसलाई हामीले परिणाममुखी बनाउँछौं। र, अब आउने दिनमा नेपाल उद्योग वाणिज्य महासंघलाई हामीले एउटा यस्तो शिखरमा पुर्‍याउँछौं, जसको कल्पना तपाइँहरुले गर्नुभएको छ। जस्तो हुनुपर्छ उद्योग वाणिज्य महासंघ, त्यस्तै बनाएर व्यवसायीको हितमा, सरकारसँग समन्वय गरेर र आवश्यक पर्‍यो भने सरकारसँग भिडेर काम गर्छौं।

हाम्रो लक्ष्य भनेको के हो भने अहिलेको अर्थतन्त्रलाई अझ ठूलो अर्थतन्त्रमा परिवर्तन गर्ने र सबै व्यवसायीलाई सु्खी र सम्पन्न बनाउने हो। त्यो बाहेक रोजगारीमूलक कार्यक्रमको पनि सोच बनाएका छौं। शेखरजीले १० वर्षको फ्रेमवर्क बनाइसक्नुभएको छ। कुनै पनि सरकारको भिजन डकुमेन्ट हुन्छ। त्यो भिजन डकुमेन्ट अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन हुन्छ। 

त्यसरी नै उहाँले महासंघ र निजी क्षेत्रको सोचको १० वर्षे भिजन तयार गर्दै हुनुहुन्छ। उहाँ कति भिजनरी हुनुहुँदो रहेछ? अहिले हामीले विस्तारै विस्तारै बुझ्दैछौं। जसले उहाँलाई शक्तिवान छैन भनेर बुझेको छ, त्यसले गलत बुझेको होला। हामीले उहाँलाई धेरै शक्तिवान बुझिसकेका छौं। मैले म मात्रै शक्तिवान भनेर बुझेको थिएँ, तर उहाँ म भन्दा बढी शक्तिवान हुनुहुँदो रहेछ। 

वरिष्ठ उपाध्यक्षको उम्मेदवार भनेको भावी अध्यक्ष पनि हो।  शेखर गोल्छालाई शक्तिवान भनिरहँदा तपाइँको आफ्नो एजेण्डा पनि होला नी?
निश्चय पनि मसँग एजेण्डा छ। तर त्यो मेरो एजेण्डा अहिले लागू हुँदैन। त्यो एजेण्डा शेखर गोल्छाजीको कार्यकालपछि लागू हुन्छ। त्यसैले मेरो एजेण्डाको बारेमा धेरै विश्लेषण म किन गर्दिँन किनभने अहिले शेखरजीको एजेण्डामा हामी हिड्ने हो।

उहाँको एजेण्डा र मेरो एजेण्डालाई ब्लेण्ड गर्ने हो। कुनै पनि एजेण्डा नेतृत्वले निर्देशित गर्छ। सेना लडाइँको मैदानमा गयो भने सेनापतिको निर्देशनमा सेनाहरु भिडेको हुन्छ। त्यतिबेला दोस्रो व्यक्तिले यो गर्छु भन्न पाउँदैन। 

त्यस्तै आजको उहाँको जुन प्रकारको एजेण्डा छ, त्यो एजेण्डालाई निर्देशनको रूपमा लिन्छौं। त्यो एजेण्डा कार्यान्वयनका लागि पदाधिकारी र बोर्डबाट पारित गराउनुपर्छ, त्यति बेला मेरो कुरा पनि समावेश गर्ने प्रयास गर्छु्। अहिले मैले एजेण्डाभन्दा पनि सहयोगीको रूपमा नीतिगत खाका बनाएको छु। 

२७ वर्ष महासंघमा लाग्दा मलाई कुनै कलंक छ भने देखाइदियोस्। मैले गरेको मेहनत र  पसिनाको बावजुद मैले आफ्नो दाबी गरे भन्दैमा गलत गरे त? त्यो दाबी गलत छ? मेरो प्रतिद्धन्द्धी साथीले मलाई भने-‘म धेरै अगाडि बढेँ दाई मलाई छोडिदिनुस्।’ तर मैले भने-न्यायका लागि न्यायाधीश राख्नुस्, जा भन्नुस् म जान तयार छु।’ पहिला न्याय त गर्नुपर्‍यो। 

अहिले अर्को पक्ष आफ्नो एजेण्डामा लडिरहनुभएको छ। तर तपाइँ भने शेखर गोल्छाको एजेण्डामा लडिरहनुभएको छ?
अहिले हाम्रो एजेण्डा कार्यान्वयननै हुँदैन। प्रतिपक्षी साथी जो पनि हुनुहुन्छ, उहाँले एजेण्डा बनाउनुभएको छ भने त्यो लागू नै हुँदैन्। जुन एजेण्डा लागू हुँदैन्, त्यो एजेण्डा भनेर मुर्खता मात्रै देखाउनु हो। म ठूलो बन्न खोज्नु मात्रै हो। 

मैले अहिले बनाएको सोचहरुलाई शेखरजीको तीन वर्षे कार्यकालमा समावेश गरेर जाने हो। मेरो एजेण्डा त अब आउने कार्यकालको लागि हुन्छ। उहाँको नीति निर्देशनमा छुट भएको कुराहरु समावेश गर्ने हो। उद्योग वाणिज्य महासंघ पछाडि पर्नुको कारण के हो भने भिजन बनाएर हिडेका व्यक्तिको जुन छुटेका कुराहरुलाई फलोअप नगर्नु पनि हो। 

म पछाडि कुनै अध्यक्ष आएमा, अघिल्लोको एजेण्डा किन कार्यान्वयन गर्ने भन्ने छ? त्यसरी संस्था चल्दैन्। १९४७ मा भारत स्वतन्त्र भएपछि जवाहरलाल नेहरुले ५० वर्षे नीति बनाउनुभयो। त्यो नीतिमा आज पनि भारत चलिरहेको छ। तर  अहिले निजी क्षेत्रमा (पहिला त्यस्तो थिएन) किशोर प्रधान अध्यक्ष भएर कार्यकाल सकिएपछि उसलाई गायब गर्दिने चलन छ।

त्यो गायब गर्ने चलन हुनुहुँदैन। नीति र निर्देशनलाई जब जब गायब गरिन्छ, तब तब कुनै पनि क्षेत्रको उन्नति हुँदैन। आज हाम्रो अर्थतन्त्रको त्यही गति भएको छ। एउटा अर्थमन्त्रीले एउटा भिजन लिएर आउनुहुन्छ, अर्को आएर भिजन परिवर्तन गरिदिने गरिन्छ।

हाम्रो प्रधानमन्त्री तहमा पनि त्यही अवस्था छ। नीति सबैको नराम्रो हुँदैन, राम्रो हुन्छ। महासंघले अपनत्व लिएको नीतिलाई  तपाइँ आउनेबित्तिकै फ्याँक्दिने? आज नीति बनाउनेमा हाम्रै सल्लाहाकार डा. युवराज खतिवडा हुनुहुन्थ्यो। 

पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल महासंघमै बसेर काम गरेको व्यक्ति हुनुहुन्थ्यो। डा. विश्वम्भर प्याकुर्याल हामीसँगै काम गर्नुभएको हो। त्यस्ता धेरै बुद्धिजीवीहरु महासंघबाट ‘डिसएफिलियट’ हुनुहुन्छ किन? फलानोले उसको सल्लाह लियो म लिन्न भन्ने मानसिकता छ। यो नीतिले हुँदैन। यसरी महासंघ पनि चल्दैन र देश पनि चल्दैन। 

अहिलेको महासंघको चुनाव कताकता शेखर गोल्छा र चन्द्र ढकालको जस्तो देखिएको छ। चुनाव त तपाइँ र चन्द्र ढकालको हुनुपर्ने होइन र?
गत चुनावमा पनि त्यस्तै भएको थियो। भवानी राणा भर्सेस किशोर प्रधानको लडाइँ थियो। त्यहाँ पनि शेखर गोल्छा गौण थियो। 

यो सुरुवात कसले गरेको हो तपाइँहरुले पत्ता लगाउनुहोस्। आज फेरि त्यही दोहोरियो। मैले आँप रोप्छु भने आलुबखडा फल पाउनुहुन्छ? जसले बिउ रोपेको छ, त्यसलाई हेर्नुस कस्तो खराब बिउ रोपेको रहेछ। वृक्ष नराम्रो रोपेपछि तपाइँ फल कसरी राम्रो पाउनुहुन्छ? त्यही भएर हामीले यस्तो वृक्ष रोपौ, त्यसको फल पनि राम्रो होस्। अहिले शेखर गोल्छाजीले किन मलाई छान्नु भयो? 

२७ वर्ष महासंघमा लाग्दा मलाई कुनै कलंक छ भने देखाइदियोस्। मैले गरेको मेहनत र  पसीनाको बावजुद मैले आफ्नो दाबी गरे भन्दैमा गलत गरे त? त्यो दाबी गलत छ? मेरो प्रतिद्धन्द्धी साथीले मलाई भने-‘म धेरै अगाडि बढे दाई मलाई छोडिदिनुस।’ तर मैले भने- न्यायका लागि न्यायाधीश राख्नुस्, जा भन्नुस म जान तयार छु।’ पहिला न्याय त गर्नुपर्‍यो। 

पहिलेका पूर्व अध्यक्षहरुले पनि नगर्नु भएको होइन। तर अहिले बीचको अध्यक्षहरुले त्यत्रो साहस गर्नुभएको थिएन, जुन साहस उहाँले अहिले देखाउनुभयो। यो साहसलाई हामीले परिणाममुखी बनाउँछौं। र, अब आउने दिनमा नेपाल उद्योग वाणिज्य महासंघलाई हामीले एउटा यस्तो शिखरमा पुर्‍याउँछौं, जसको कल्पना तपाइँहरुले गर्नुभएको छ। जस्तो हुनुपर्छ उद्योग वाणिज्य महासंघ, त्यस्तै बनाएर व्यवसायीको हितमा, सरकारसँग समन्वय गरेर र आवश्यक पर्‍यो भने सरकारसँग भिडेर काम गर्छौं।

किशोर प्रधान चाहिँ आफैं केही होइन। किशोर प्रधानको शेखर गोल्छा र पशुपति मुरारका जस्ता बलिया हतियार छन्। तर तपाइँ आफैंसँग भने कुनै हतियार छैन भन्ने आरोप पनि छ?
किशोर प्रधानसँग केही छैन भने उहाँ किन उठ्नुपर्‍यो? किन पूर्व अध्यक्षले मलाइ ‘सर्पोट’ गर्नुपर्‍यो? किशोर प्रधान केही होइन भन्ने मान्छेले किन बुझेन कि किशोर प्रधान नै चाहियो भनेर? सबैभन्दा ठूलो कु्रा भनेको किशोर प्रधानसँग अनुभव र लगनशीलता छ। मसँग २४ घण्टा उपलब्ध हुने व्यक्तिको रूप छ।

म महासंघमा निष्कलंक भएर बसेको व्यक्ति हुँ। हरेक कुरा भएका कारणले किशोर प्रधान चाहिएको हो। शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा र पूर्व अध्यक्षले चाहियो भनेर नै मलाइँ ल्याइएको हो। हतियार त मैँ हो नी। उहाँले प्रयोग मात्रै गर्न खोज्नुभएको हो नी। 

तपाइँ मोहोरा मात्रै त होइन?
 होइन। गलत। मसँग आफ्नै अस्तित्व छ। 

कसैलाई ठेगान लगाउन तपाइँलाई प्रयोग गर्‍या त होइन?
गलत। त्यो होइन होइन। मलाई त्यस्तो भएको भए गत चुनावमा उठ्ने थिइँन होला। मलाइ पत्रकार साथीहरुले अलिकति पैसामा कमजोर छु भनेर तपाइँहरुको हेप्ने जुन बानी छ। तपाइँहरुसँग प्रष्ट रूपमा भन्छु तपाइँहरु नरिसाउनुहोला।

पत्रकारको हेप्ने जुन बानी छ त्यसलाई म भन्छु -‘तपाइँहरुको स्थिति हेर्नुस्न पहिला।’ तपाइँहरुले अहिले सहयोग नगरे तपाइँको उन्नति कहिले हुन्छ? तपाइँले आफ्नो ‘कम्युनिटी’ लाई अगाडि बढाउनुपर्‍यो। तपाइँ आफ्नै ‘कम्युनिटी’ को खुट्टा काट्दै हुनुहुन्छ भने अनि कसरी विकासको बाटो लगाउनुहुन्छ? अहिले बजारमा अर्को कुरा पनि सुन्दैछु। कति सत्य, कति असत्य थाहा छैन।  मैले पनि सुनेकै कुरा हो।

किशोर प्रधानसँग पैसा छैन। यो बिक्ला कि? महासंघमा आउन किन चाहियो ठूलो घराना? उद्योग वाणिज्य महासंघको विधानमा ठूलो घरानाको मात्रै अध्यक्ष बनाउनुपर्छ भनेर लेखेको छ? जुन बेला आज मेरो प्रतिपक्षीको एउटा पनि उद्योग थिएन, उहाँले उद्योगको सपना देख्दा बेला मेरो उद्योग थियो। म ३७/ ३८ वर्षदेखि उद्योगमा संलग्न भएको व्यक्ति हो। हो, मात्रा सानो छ। अहिले उहाँ एकदम विशाल हुनुहुन्छ, त्यो आफ्नो ठाउँमा छ।

तर मेरो सानो उद्योग छ। म सानै उद्योगमा सन्तुष्ट छु भने उद्योग छैन भनेर आरोप लगाउनेले इतिहास पल्टाएर हेरे भो। को पहिला उद्योगी भएर जन्मिएको हो? हामी फेदबाट जन्मिएको हो।

हाम्रो बुबाले पनि उद्योग गर्नुभयो, हामीले पनि उद्योग गर्‍यौं। हामी उद्यमीको परिवार हौं। मसँग पैसा कम छ। अर्बपति र खर्बपतिसँग सम्बन्ध छैन भनेर मलाई हेप्न पाइँदैन। त्यो हेप्ने भनेको तीन करोड जनसंख्यामध्ये २ करोड ९८ लाख जनतालाई हेपेको हो। मुस्किलले एक लाख जनता पनि धनी वर्गमा छैनन्। यो तपाइँलाई हेपेको हो? 

तर महासंघको राजनीति विकृत भएको छ। पैसावालले मात्रै महासंघमा चुनाव जित्छन् भन्ने पनि छ?
त्यही तोड्नका लागि म आएको हो। दोस्रो पटक उठ्नुको कारण त्यही हो। जिल्ला-नगरको वस्तुस्थिति, जिल्ला-नगरका साथीहरु र हाम्रो मध्यमवर्ग तथा साना वर्गको प्रतिनिधित्व भएन। ५७ वर्षको इतिहासमा महासंघमा फोटो टाँगेको हेर्नुभयो भने हाम्रो मध्यमवर्गमा आउने मुस्किलले एक/ दुई जना छ।

५७ वर्षको इतिहासमा तेस्रो व्यक्तिको रूपमा मैले हिम्मत गरे। तपाइँ पत्रकार साथीसँग निवेदन छ मेरो हिम्मत बढाउनुपर्‍यो। यहाँ त यस्तो हल्ला छ कि सबै पत्रकार साथीहरुलाई उसले किनेको छ। सबै पत्रकार उसँगै बिकेको छ भन्ने पनि हल्ला आएको छ। 

मलाइ साथीहरुले विश्वास दिइसक्नुभएको छ। जुन विश्वासको आधारमा म मात्रै होइन हाम्रो टीमको सबै साथीहरु निर्वाचित भएर आउनुहुन्छ। अहिलेको अवस्थामा  नेपालभरिका उद्योगीव्यवसायीले के चाहेको छ भने एक दशकदेखि जुन प्रकारले उद्योग वाणिज्य महासंघको हाइट हामीले बढाउन सकेनौं। त्यसलाई स्थायित्व बनाउन सकेनौं भन्ने आरोप आइरहेको छ।

महासंघको निर्वाचनका लागि पैसा धेरै चाहिने हो कि उद्योग ठूलो चाहिने हो?
महासंघका लागि ‘पर्फेक्ट डेडिकेटेड’ मान्छे चाहिने हो। जसले महासंघ बुझेको होस्। महासंघलाई नेतृत्व गर्ने क्षमता भएको व्यक्ति चाहिने हो। बीचमा यो परिणामलाई बदलिने परम्परा भयो। त्यो ‘रेस’मा कसरी कसरी भए भनेर नाम लिन्न। 

हाम्रो महासंघ ‘आउट अफ ट्रयाक’ गएको थियो। हामीले बाटो बिर्सिएका थियौं। अब बाटो सपार्ने हाम्रो शेखर गोल्छाजीले प्रयास गर्दै हुनुहुन्छ। जुन बाटोलाई सपार्ने दिशामा जाँदा हामीले उहाँलाई साथ दिएका हौं। मैले साथ दिन जरुरी थिएन नी। मैले किन दिए? उहाँले पनि मलाइँ साथ दिन जरुरी थिएन। 

उहाँले किन दिनुभयो? त्यसको मूल्यांकन तपाइँ गर्नुस्। म दुई कार्यकाल उपाध्यक्ष भएर पशुपति मुरारका र भवानी राणाको पालामा चलाउँदा उहाँहरुले के देख्नुभयो भने- ‘यो मान्छे इमान्दार भएर सधै खटिरहने रहेछ। त्यसैले म यसलाई ‘युज’ गर्न सक्छु। वुद्धि र विवेक भएकाले महासंघ चलाउन सक्छ भनेर मलाई छनोट गर्नुभएको हो।’ 

उहाँहरुले त्यसै किशोर प्रधानको मुख राखेर मलाई छनोट गर्नुभएको होइन्। महासंघलाई हामीले प्रवित्र स्थलको रूपमा हेरेका छौं। पवित्र मन्दिरलाई मैले सेवा गर्न प्रयास गर्‍या हो। मध्यम र साना वर्गको व्यवसायीले सेवा गर्न पाओस भनेर मैले सबै साथीहरुसँग विनम्रतापूर्वक निवेदन गर्‍या हो। मलाइँ पुर्‍याउने नपुर्‍याउने जिम्मेवारी उहाँहरुको हो। 

कुनै समय विशिष्ठ सदस्य चण्डीराज ढकालको राजीनामा खल्तीमा हालेर हिड्नुभयो। अहिले उहाँ वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई बनाउनुपर्छ भनेर हिड्नुभएको छ। विधान संशोधनको विषयमा त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा तपाइँ उभिनु्भयो। तपाइँले उम्मेदवारी घोषणा गर्दा भवानी राणामाथि गालीगलौज पनि भयो। शेखर गोल्छासँग चुनाव लड्ने तपाइँलाई नै अहिले उहाँहरुले समर्थन गरिरहनुभएको छ। महासंघभित्र उलटफेर किन भइरहेको छ?

यो राम्रोको लागि भइरहेको छ। अहिले जे पनि भइरहेको छ, राम्रोको लागि भइरहेको छ। पहिला जे पनि भयो, त्यो नराम्रोका लागि भएको थियो। विगतमा सबै कुरा नराम्रोको लागि भएको थियो। राम्रो गर्नका लागि कहिलेकाँही हिड्दा बाटो बिराएर फेरि सही बाटोमा आयो भने बिग्रिएको भन्नु हुँदैन। महासंघले शेखर गोल्छाजीको नेतृत्वमा अहिले राम्रो गति लिने प्रयास गरेको छ। शेखर गोल्छाजीको जुन ‘भिजन’ छ, त्यसले ‘बेस्ट लिडर’ आउँदैछ भन्ने पुष्टि हुनेछ।