BIZMANDU
www.bizmandu.com

एनसेलले प्लस थिममा ल्यायो नयाँ सजिलो सिम योजना, सिमसँगै हरेक रिचार्जमा बोनस डेटा पाइने

२०७७ साउन ७

एनसेलले प्लस थिममा ल्यायो नयाँ सजिलो सिम योजना, सिमसँगै हरेक रिचार्जमा बोनस डेटा पाइने
एनसेलले प्लस थिममा ल्यायो नयाँ सजिलो सिम योजना, सिमसँगै हरेक रिचार्जमा बोनस डेटा पाइने

काठमाडौं । एनसेलले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत ‘नयाँ सजिलो सिम’को स्किम ल्याएको छ। यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक सय रुपैयाँ  मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउने छन्।

Tata
GBIME
Nepal Life

नयाँ ग्राहकले करसहित मात्र ९९ रुपैयाँमा यो सिम लिन सक्ने पनि एनसेलले जनाएको छ। यो योजनाअन्तर्गत ग्राहकले सिम लिंदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्षसम्म रिचार्ज गर्दा बोनस डेटा पाउने पनि एनसेलले जानकारी दिएको छ।

नयाँ सिम लिंदा ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स,  २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउनेछन्। यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनका लागि मान्य हुनेछ। 

ग्राहकले सिम लिएको भोलिपल्ट मध्यरातसम्ममा सय रुपैयाँ वा  त्यसभन्दा बढीको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा (२५० एमबी अल टाइम अल नेटवर्क र २५० एमबी फोरजी डेटा) बोनस स्वरुप पाउने पनि एनसेलले जानकारी दिएको छ। यो डेटाको समयावधि ५ दिन रहने छ।

यसका साथै, ग्राहकले प्रत्येक सय रुपैयाँ मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्षसम्म १०० एमबी अल टाइम अल नेटवर्क र १०० एमबी फोरजी डेटा गरी दुई सय एमबी डेटा बोनस पाउने छन्। यसरी प्राप्त हुने बोनस डेटा तीन दिनका लागि मान्य हुनेछ।

एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले ‘नयाँ सजिलो सिम’ले  ग्राहकलाई डेटा सेवा प्रयोगको उत्कृष्ट अनुभव र त्यसको लाभ प्रदान गर्ने बताए। 'हाम्रो प्रतिबद्धता अनुरुप सबै मोबाइल डेटा प्रयोगकर्ताका लागि यो नयाँ प्याक ल्याउन पाएकोमा हामी हर्षित छौं,' उनले भने।

नयाँ थिम ‘प्लस’अन्तर्गत एनसेलले यस अघि नै फोरजी ग्राहकका लागि ‘ननस्टप युट्युब प्लस’ अफर, भ्वाइस सेवामा ‘इन्डलेस कुराकानी प्लस’ अफर सार्वजनिक गरेको छ भने कम्पनीले ‘वायर फ्री प्लस वाइफाइ’ सेवाको बुकिङ पनि सुरु गरिसकेको छ।