BIZMANDU
www.bizmandu.com

देवः विकास बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकको एकीकृत कारोबार सुरु,१२४ अर्ब निक्षेप

२०७७ असार २८


 

Tata
GBIME
Nepal Life

काठमाडौं। कुमारी बैंकले साबिकको देवःविकास बैंकलाई प्राप्ति गरेपछि आइतबारदेखि नै एकीकृत कारोबार सुरु गरेको छ।

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप राणा र साबिकको देवःविकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ प्रा) ले संयुक्त रूपमा एकीकृत कारोबारको सुरुवात गरेका छन्।

देवलाई प्राप्ति गरेपछि कुमारीको कूल शाखा तथा एक्सटेन्सन काउन्टरको संख्या २१६, एटिएम संख्या १३८ पुगेको छ।

कूल निक्षेप १२४ अर्ब रुपैयाँ, कूल कर्जा प्रवाह ११२ अर्ब रुपैयाँ पुगेको छ। चुक्ता पूँजी १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।