BIZMANDU
www.bizmandu.com

लकडाउनमा पनि ५६६ जना ब्यक्ति तथा फर्म कर्जा सूचनाको कालोसूचीमा, असार लागेपछि झन् धेरै

२०७७ असार २८

लकडाउनमा पनि ५६६ जना ब्यक्ति तथा फर्म कर्जा सूचनाको कालोसूचीमा, असार लागेपछि झन् धेरै
लकडाउनमा पनि ५६६ जना ब्यक्ति तथा फर्म कर्जा सूचनाको कालोसूचीमा, असार लागेपछि झन् धेरै


काठमाडौं। कर्जा सूचना केन्द्रले लकडाउनका बीचमा पनि ऋणीलाई कालोसूची राखेको छ। सरकाले चैत ११ गतेबाट लकडाउन गरेको थियो। 

Tata
GBIME
Nepal Life

केन्द्रले त्यसबेलादेखि असार २६ गतेसम्म ५६६ ब्यक्ति तथा फर्म/कम्पनीलाई कालोसूचिमा राखेको छ। ११ गतेबाट लकडाउन भएपछि १५ गतेसम्म कोही पनि कालोसूचीमा परेका छैनन्। १६ गतेबाट केन्द्रले कालोसूचीमा राख्न थालेको हो।

बैंकर तथा ब्यवसायीहरुले लकडाउनका बेलामा कसैलाई पनि कालोसूचीमा राख्न नहुने माग राष्ट्र बैंकसँग राखेका छन्। मौद्रिक नीतिको सुझाब माग्ने क्रममा पनि सरोकारवालाले अहिलेलाई कालोसूचीमा राख्ने ब्यवस्था स्थगित गर्नु पर्ने माग उठेको थियो।

चैत १६ देखि ३० गतेसम्म २० जना ब्यक्ति तथा फर्महरु कालोसूचीमा परेका छन्। चैतमा नवक्षिति कलेज महोत्तर प्रालि, होलिडे बेकरी उद्योगलगायत कालोसूचीमा परेका थिए।

बैशाखमा ९२ जना ब्यक्ति तथा संस्था कालोसूचीमा परेका छन्। न्यू सगरमाथा फर्निचर फर्निसिङ, स्मार्ट हव इन्टरनेशनल प्रालि, ओम धनलक्ष्मी इन्टरप्राइजेज, दर्शन शर्मा ग्रुप प्रालि, न्यू धादिङ हार्डवेयर सप्लायर्स, नेपालको इन्टरनेशनल प्रालि, वढिमालिका कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स, नोवेस एग्रो सप्लायर्सलगायत कालोसूचीमा परेका छन्।

जेठमा १५९ जना कालोसूचीमा परेका छन्। सूर्य कन्स्ट्रक्सन फर्म, भीआइपी क्राउड इभेन्ट अर्गनाइजर प्रालि, प्लाटिनम इन्टरप्राइजेज, नेपाल डिस्ट्रिब्यूसन प्रालि, ओमशशी इन्टरप्राइजेज, श्री नेक्स्ट इलेक्ट्रोनिक सेन्टर, शिखा एण्ड सारथी मोटर्स प्रालि, केदार ब्लक उद्योग, सापकोटा हार्डवेयर, सिद्धबाबा कन्स्ट्रक्सन, दी अन्नपुर्ण ट्रेड एण्ड इन्भेष्टमेन्टलगायत कालोसूचीमा परेका छन्। बाँकी असार २६ गतेसम्म कालोसूचीमा परेका हुन्। 

केन्द्रले हालसम्म १२ हजार ४६७ वटा फर्म/कम्पनी र ब्यक्तिलाई कालोसूचीमा राखिसकेको छ। ऋण तिरेपछि बैंक तथा वित्तीय संस्थाको आग्रहमा ऋणीहरु कालोसूचीबाट हट्छन्।