BIZMANDU
www.bizmandu.com

बाढीले बाटो रोकिँदा तातोपानी नाकामा सामान अड्कियो, उपत्यका भित्रिन अझै केही समय लाग्ने

२०७७ असार २८

Tata
GBIME
Nepal Life

काठमाडौं ।  पहिरोले बाटो अवरुद्ध भएपछि चीनबाट आयात गरिएका सामान तातोपानी भन्सारमा रोकिएको छ ।

लक डाउनको अवधिमा चीनबाट आयात गर्नका लागि खोलिएको तातोपानी  भन्सार नाकाबाट  सामान उपत्यका भित्रिन  सुरु हुँदै गर्दा बाढीपहिरोले बिथोलेको हो।

बाढीले सिन्धुपाल्चोक भोटेकोशी बाह्रबिसे लगायतका क्षेत्रका सडक बगाएकोले सामान  पठाउन नसकिएको तातोपानी भन्सार प्रमुख अधिकृत लालबहादुर खत्रीले बताए ।

तातोपानीबाट काठमाडौं आउने बाटो बाढीले बिग्रेपछि बाटो नबनुन्जेले कुर्नुको बिकल्प नभएको उनले जानकारी दिए। यति बेला भन्सारमा  आयात भएका सामान १० देखी १५ दिन सम्म भन्सारमा सामान राख्नु पर्ने नियम रहेको छ ।

 गत बिहीबार मात्र तातोपानी भन्सारमा १६ वटा कन्टेनरमा चीनबाट सामान  आयात भएको थियो । भन्सारले आयात गरिएका सामान १२ घण्टा क्वारेन्टाइनमा राखेर काठमाडौं पठाउने गरेका छन्।

भन्सारमा दैनिक १२ देखि १५ कन्टेनर भित्रिने गरेको छ । नेपालमा पहिरोले प्रभाव पारेपनि  चीनबाट तातोपानी भन्सारसम्म आयातित सामान ल्याउन सकिने   भन्सारले जानकारी गराएको छ । सामान उपत्यका पठाउन नसकिए पनि  भन्सारमा सुरक्षित कन्टेनरमा राखिने उनले बताए ।

चीनबाट आयात गरिएका स्वास्थ्य सामाग्री समेत उतै रोकिएको छ । भन्सारले लक डाउनको अवधिभर स्वास्थ्य सामाग्रीको आयातलाई पहिलो प्राथमिकता दिएको थियो। गत हप्तादेखि मात्रै तातोपानी भन्सारबाट तयारी पोसाक आयात हुन थालेको थियो ।