BIZMANDU
www.bizmandu.com

माउण्टेन इनर्जी नेपालको आइपिओलाई बोर्डको अनुमति, साढे ३९ करोड बराबरको आइपिओ बिक्री गर्दै

२०७७ असार २६


काठमाडौं। माउण्टेन इनर्जी नेपाल लिमिटेडको आइपिओलाई नेपाल धितोपत्र बोर्डले विक्री गर्न अनुमति दिएको छ ।

Tata
GBIME
Nepal Life

यस जलविद्युत कम्पनीले स्थानियको लागि १९ लाख ६८ हजा २७ कित्ता र सर्वसाधारणको लागि १९ लाख ६८ हजार २७ कित्ता गरी कुल  ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

बोर्डले कम्पनीको आइपिओ विक्री गर्नको लागि असार २५ गते अनुमति दिएको हो।  कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले आइपिओ विक्री गर्ने प्रस्ताव गत वर्षको पुस २५ गतेको छैटौं वार्षिक साधराण सभाले पारित गरेको थियो ।