BIZMANDU
www.bizmandu.com

वीरगंजमा नारायणी अस्पतालले सुरु गर्‍यो कोरोनाको पिसिआर टेस्ट, ५५ सय शुल्क तिर्नुपर्ने

२०७७ असार २६

Tata
GBIME
Nepal Life

वीरगंज । पर्सामा शुल्क तिरेर इच्छुकले पीसीआर टेष्ट गराउन पाउने सेवा शुरु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको असार २४ गतेको निर्णय अनुसार स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले गरेको परिपत्र अनुसार मोफसलका ६ वटा ल्याबमा शुल्क तिरेर पीसीआर परीक्षणका लागि स्वीकृति दिइएको हो।

प्रदेश १ मा कोशी अस्पताल विराटनगर, प्रदेश २ को नारायणी अस्पताल वीरगंज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला, लुम्बिनी अस्पताल बुटवल, प्रादेशिक जनस्वास्थ्य सुर्खेत, प्रादेशिक प्रयोगशाला धनगढीमा कोभिड-१९ प्रोटोकल बाहिरका सर्वसाधारणले ५ हजार ५ सय रुपैयाँ तिरेर परीक्षण गराउन सकिने निर्देशन जारी गरिएको थियो।

सशुल्क प्रयोगशाला तोकिएपछि नारायणी अस्पतालले सूचना गरेर शंकास्पद, कन्ट्याक्ट् ट्रेसिङमा परेका वा इच्छुक जो कसैले पिसिआर गराउन सकिने सेवा शुरु गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए।