BIZMANDU
www.bizmandu.com

काठमाडौं जिल्ला प्रशासनले सवारी पास वितरण प्रणालीमा परिवर्तन गर्‍यो, यस्तो छ प्रशासनको सूचना

२०७७ असार २२

काठमाडौं जिल्ला प्रशासनले सवारी पास वितरण प्रणालीमा परिवर्तन गर्‍यो, यस्तो छ प्रशासनको सूचना
काठमाडौं जिल्ला प्रशासनले सवारी पास वितरण प्रणालीमा परिवर्तन गर्‍यो, यस्तो छ प्रशासनको सूचना


Tata
GBIME
Nepal Life

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण प्रणालीमा परिवर्तन गरेको छ। राजधानी भित्रिने र उपत्यकाबाट बाहिर जानेको चाप बढ्दै जाँदा कोभिड-१९ को संक्रमण दिनानुदिन बढ्दै गएको भन्दै प्रशासनले पास वितरण प्रणालीमा परिवर्तन गरेको हो।

कार्यालयले अत्यावश्यक कार्यको लागि मात्रै पास वितरण गर्ने जनाएको छ। जसअन्तर्गत मृत्यु संस्कार, शुभ विवाह, अस्पतालबाट डिस्चार्ज भएका व्यक्ति, सरकारी तथा संघ संस्थाका कर्मचारी, आयोजना, परियोजनामा कार्यरत कर्मचारी, नेपाल सरकारका प्राथमिकता प्राप्त आयोजनामा आवश्यक पर्ने जनशक्तिले मात्रै पास पाउने छन्।

त्यस्तै, अत्यावश्यक कामको लागि उपत्यका भित्रिने सवारी साधनहरुलाई उपत्यका बाहिर फर्कदा कुनै पनि यात्रु नराखी खाली जाने गरी मात्र सवारी पास जारी गरिने व्यवस्था लागू गरिएको छ। सवारी पासको दुरुपयोग गरी यात्रु ओसारपसार गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने भएको छ।

सवारी पास जारी गर्दा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुकूल हुने गरी संख्या तोकेर मात्र जारी गरिने भएको छ। भाडाका सवारी साधनको लागि सवारी पास जारी नगरिने प्रशासनले जनाएको छ।

त्यसको साथै, मास्क नलगाई कार्यालयमा आएमा वा जथाभावी हिँडडुल गरेमा संक्रामक रोग ऐन अनुसार जरिबाना असुल उपर गरिने समेत बताइएको छ।