BIZMANDU
www.bizmandu.com

चन्द्रागिरी हिल्सले सर्वसाधारणमा सेयर जारी गर्ने, निष्कासन गर्न नागरिक लगानी कोषसँग सम्झौता

२०७७ असार २१

चन्द्रागिरी हिल्सले सर्वसाधारणमा सेयर जारी गर्ने, निष्कासन गर्न नागरिक लगानी कोषसँग सम्झौता
चन्द्रागिरी हिल्सले सर्वसाधारणमा सेयर जारी गर्ने, निष्कासन गर्न नागरिक लगानी कोषसँग सम्झौता

Tata
GBIME
Nepal Life

काठमाडौं। चन्द्रागिरी हिल्सले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। सेयर जारी गर्न कम्पनीले नागरिक लगानी कोषसँग सम्झौता गरेको छ।

चन्द्रागिरीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि १८ लाख ४० हजार ९ सय १० कित्ता सेयर जारी गर्नेछ। यो ४० करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको हो।

सम्झौतामा प्रत्याभूतिमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरीका तर्फबाट महाप्रबन्धक अभिषेकविक्रम शाहले हस्ताक्षर गरे। साढे तीन अर्ब लगानीमा स्थापना चन्द्रागिरी केबलकार र होटल छ। आइएमई र भाटभटेनी समूहको यो कम्पनीमा लगानी छ।