BIZMANDU
www.bizmandu.com

सामसङको चार वटा मोडलमा आकर्षक नगद छुट, अब कुन मोबाइललाई कति पर्छ मूल्य?

२०७७ असार १९

सामसङको चार वटा मोडलमा आकर्षक नगद छुट, अब कुन मोबाइललाई कति पर्छ मूल्य?
सामसङको चार वटा मोडलमा आकर्षक नगद छुट, अब कुन मोबाइललाई कति पर्छ मूल्य?

Tata
GBIME
Nepal Life

काठमाडौं। सामासङ मोवाइलको अधिकृत विक्रेता सामसङ नेपालले चार मोडलमा आकर्षक छुट दिने भएको छ। कम्पनीले सामसङ नोट १० लाइट, ए-७१, ए-५१ र ग्यालेक्सी ट्याब ए-१०.१ लगायत चार मोडलमा आकर्षक छुट दिने जनाएको छ।

कम्पनीले ग्यालेक्सी नोट १० लाइटको नयाँ मूल्यमा आठ हजार छ सय रुपैयाँ छुट दिएर ५८ हजार ९९ रुपैयाँ विक्री गर्ने जनाएको छ। तीनवटा  क्यामरा भएको नोट १० लाइटमा ६।७ सामोलेड डिस्प्ले, एयर एक्सनयुक्त एस-पेन, सुपर फास्ट चार्जिङ युक्त ४५ सय एमएएच पावरको ब्याट्री, एक सय २८ जीबीको स्टोरेज लगायतका सुविधा जडान गरिएको छ।

कम्पनीले ए-७१ र ए-५१ सिरीजको मोवाइलमा ३६ सय रुपैयाँ र १३ सय रुपैयाँ छुट दिएको छ। कम्पनीका अनुसार ग्राहकले अब ४९ हजार नौ सय ९९मा ए-७१ खरिद गर्न सक्नेछन् भने  ३९ हजार नौ सय ९९ मा ए-५१ खरिद गर्न सक्नेछन्।

कम्पनीले ग्यालेक्सी ट्याब ए १०.१ मा दुई  हजार रुपैयाँ क्यास ब्याकको आकर्षक अफर ल्याएको छ। नयाँ मूल्य ३२ हजार दुई सय ९९ रुपैयाँमा उपभोक्ताले किन्न सक्ने कम्पनीले जनाएको छ।