BIZMANDU
www.bizmandu.com

बैंकिङ कसुर मुद्दामा फरार भएका दुई जना पक्राउ परे, खातामा पैसा नभएपनि काटेका थिए चेक

२०७७ असार १९

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार भएका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी-७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौं बुढानीलकण्ठका प्रकाश बुढाथोकी छन्। रामविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गत भदौमा ११ लाख ५० हजार रुपैयाँ जरिवाना र तीन दिन कैद हुने ठहर गरेको थियो ।

सोही मुद्दामा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ पैयूँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकीलाई पनि बिहीबार प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतबाट रु १० लाख ५० हजार जरिवाना र सात दिन कैद हुने ठहर भएको थियो। सजाय बेरुजु रही दुवै जना फरार थिए।

उनले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानीजानी चेक काटी दिएकोमा बैंकमा सो चेकबाट रकम भुक्तान हुन नसकी चेक बाउन्स भएको थियो। पक्राउ परेका दुवै जनालाई कैद भुक्तानका लागि बिहीबार केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ।