BIZMANDU
www.bizmandu.com

सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्दै ९१ हजारमा कारोबार, चाँदीमा पनि थोरै घट्यो

२०७७ असार १८


काठमाडौं । लामो समयदेखि बढ्दो ट्रेन्डमा चलिरहेको सुनको भाउ बिहीबार भने केही घटेको छ। बिहीबार सुन तोलामा ७ सयले घट्दै ९१ हजार रुपैयाँ कायम भएको छ।  

Tata
GBIME
Nepal Life

सुनको भाउ निरन्तर उकालो लाग्दा बजारमा कारोबार भने न्यून मात्रै छ। बिहेको सिजन भएपनि उपभोक्ताले पुरानो साटेर काम चलाउने वा थोरै सुनमात्र किन्ने गरेकाले हाल सुनको बजार प्रभावित भएको व्यवसायीहरु बताउँछन्।

बिहीबार चाँदीको भाउ पनि केही घटेको छ। चाँदी तोलामा १० रुपैयाँले घट्दै तोलाको ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।