BIZMANDU
www.bizmandu.com

बजार खुलेको आधा घण्टामै सर्किट, ५३ अंकको पहिरो, २३ मिनेटमा २२ करोडको सेयर किनबेच

२०७७ असार १८

बजार खुलेको आधा घण्टामै सर्किट, ५३ अंकको पहिरो, २३ मिनेटमा २२ करोडको सेयर किनबेच
बजार खुलेको आधा घण्टामै सर्किट, ५३ अंकको पहिरो, २३ मिनेटमा २२ करोडको सेयर किनबेच

Tata
GBIME
Nepal Life

काठमाडौं। बिहीबार सेयर बजार खुलेको आधा घण्टा नहुँदै घट्दो क्रममा सर्किट लागेको छ। सुरुवाती ३ मिनेटसम्म उकालो लागेको कारोबार त्यसपछि लगातार घट्दै गएपछि ११ बजेर २३ मिनेटमै सर्किट लागेको हो।

मंगलबार र बुधबार भने बजारमा बढ्दो क्रममा सर्किट लागेको थियो। बिहीबार एक समय १३६२ अंकसम्म उक्लेको बजार २० मिनेटभित्र १२८३ अंकमा झरेको छ।

२३ मिनेटभित्र २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। १ घण्टाभित्र ४ प्रतिशत तलमाथि हुँदा पहिलो सर्किट लाग्ने व्यवस्था छ। अब बजार ११ बजेर ४३ मिनेटमा खुल्ने छ।