BIZMANDU
www.bizmandu.com

उद्योग मन्त्रालयअन्तर्गतका तीन कम्पनीको प्रमुख नियुक्ति प्रक्रिया सुरु, २१ दिनभित्र आवेदन

२०७७ असार १७

उद्योग मन्त्रालयअन्तर्गतका तीन कम्पनीको प्रमुख नियुक्ति प्रक्रिया सुरु, २१ दिनभित्र आवेदन
उद्योग मन्त्रालयअन्तर्गतका तीन कम्पनीको प्रमुख नियुक्ति प्रक्रिया सुरु, २१ दिनभित्र आवेदन


काठमाडौं। उद्योग, वाणिज्य तथा  आपूर्ति मन्त्रालयअन्तर्गतका तीन कम्पनीले ब्यवस्थापन प्रमुख नियुक्तिको प्रक्रिया सुरु गरेका छन्। 

Tata
GBIME
Nepal Life

नेपाल पारवहन तथा गोदाम ब्यवस्था कम्पनी लिमिटेड, नेपाल खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड र नेपाल इन्टरमोडल यातायात विकास समितिले प्रमुख नियुक्ति प्रक्रिया थालेका हुन्।

नेपाल पारवहन तथा गोदाम ब्यवस्था कम्पनीले महाप्रबन्धक माग गरेको हो। यसका लागि सरकारी वा अन्य कुनै संघ संस्थामा ५ वर्ष काम गरेको अनुभव अनिवार्य छ। कम्पनी कसरी सञ्चालन गर्ने हो त्यस बारेमा ५ हजार शब्दको ब्यवसायिक कार्य योजना प्रस्तुत गर्नु पर्ने छ। स्नातकोत्तर अनिवार्य हुनु पर्ने छ। २१ दिनभित्र आवेदन दिइसक्नु पर्छ।

यसैगरी नेपाल खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ। सात वर्षको अधिकृत स्तरको अनुभव र स्नातकोत्तर अनिवार्य छ। २१ दिनभित्र आवेदन दिइसक्नु पर्छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले पनि कार्यकारी निर्देशक माग गरेको छ। आजबाट २१ दिनभित्र आवेदन दिइसक्नु पर्छ। 

यसका लागि पाँच वर्षको अनुभव र स्नातकोत्तर अनिवार्य गरिएको छ। तीनवटै पदका लागि आवेदन शुल्क ५ हजार रुपैयाँ लाग्ने छ।