BIZMANDU
www.bizmandu.com

कोरोना कोषको रकम खर्च हुन थाल्यो, कोषमा दुई अर्ब ३५ करोड, ५५ करोड रुपैयाँ निकासा

२०७७ असार १६

कोरोना कोषको रकम खर्च हुन थाल्यो, कोषमा दुई अर्ब ३५ करोड, ५५ करोड रुपैयाँ निकासा
कोरोना कोषको रकम खर्च हुन थाल्यो, कोषमा दुई अर्ब ३५ करोड, ५५ करोड रुपैयाँ निकासा

Tata
GBIME

काठमाडौं। सरकारले कोरोना नियन्त्रण र उपचारका लागि स्थापना गरिएको कोषबाट ५५ करोड ६३ लाख भुक्तानी दिइएको छ। कोरोना रोकथामका लागि प्रयास गर्ने पाँच वटा निकायलाई भुक्तानी दिइएको हो।

कोषले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८८ लाख ५५ हजार भुक्तानी प्रदान गरेको छ। देशका विभिन्न स्थानबाट स्वाब संकलनका लागि प्रयोग भएको जहाज भाडा वापतको रकम भुक्तानी दिएको हो। यस्तै कोषले नेपाली सेना प्रधान कार्यालयलाई ९ करोड २६ लाख ८० हजार भुक्तानी गरेको छ। वीरेन्द्र सैनिक अस्पताल छाउनीको आइसीयू तथा पूर्वाधार व्यवस्थापन गर्न सो रकम प्रदान गरिएको हो।

यस्तै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई २५ लाख कोरोना विरामी तथा स्वास्थ्यकर्मी खर्चका लागि भुक्तानी दिइएको छ।

यसैगरी सातै प्रदेशका लागि ३८ करोड भुक्तानी दिइएको छ। यस्तै स्थानीय तहका लागि ७ करोड २२ लागि भुक्तानी दिन महालेखा नियन्त्रक कार्यालयले निर्देशन दिएको छ।

हालसम्म कोषमा २ अर्ब ३५ करोड संकलन गरेको छ।